काठमाडौं । ‘आऊ एउटा मुस्कान हाँसौँ हामी नेपाली
केबल मान्छे भई बाँचौँ हामी नेपाल…’
भूकम्पसम्बन्धी विभिन्न प्रकारका गीतका दृश्य सञ्चारमाध्यममा आएका बेला गायक गोविन्द गुरुङले पुनर्निर्माणलाई महत्व दिएर यो गीतको म्युजिक भिडियो ल्याएका छन् । शक्ति बल्लभको संगीतमा तयार गरिएको यो गीतलाई हरिहर तिमिल्सिनाले लेखेका हुन् । गीतको भिडियो सञ्चारकर्मी डब्बु क्षत्रीको निर्देशनमा तयार भएको छ । जसलाई रामशरण उप्रेतीले खिचेको हुन भने श्याम कुँवरले सम्पादन गरेका हुन् ।
भूकम्पपीडितलाई सेवा गरेर हाँसो दिन र यो पीडाको घडीमा सक्दो सहयोग गर्न यो गीतबाट आग्रह गरिएको छ । आइतबारबाट सबै नेपाली टेलिभिजनमार्फत भिडियो रिलिज गरिएको छ ।
म्युजिक भिडियोमा गायक गुरुङसहित अभिनेता फुपु तेन्जिङ शेर्पा, मोडल अजय श्रेष्ठ, निर्माता लक्ष्मीप्रसाद ढकाल, इभेन्ट म्याजेमेन्ट हेमा मान्धरसहित विभिन्न व्यक्तिले विभिन्न स्थानमा भूकम्पपीडितलाई राहत दिएको तथा घर बनाइदिएको दृश्य समेटिएको छ ।
अब सबैजना पुनर्निर्माणमा जुट्नुपर्ने भएकाले सबैलाई पुनर्निर्माणमा लाग्न प्रेरित गर्न आपूmले यो गीत र यसको म्युजिक भिडियो बजारमा ल्याएका गायक गुरुङले बताए । सिभिल बैंकका सिनियर एक्सक्युटिभ अफिसरसमेत रहेका गायक गुरुङले आफ्नो स्वर र संगीतमा दुईवटा गीति संग्रह यसअघि बजारमा ल्याइसकेका छन् । (सौस)
प्रतिक्रिया