ठकुरीको सांगीतिक गर्व

garwaकाठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा राजन ठकुरी नयाँ नाम होइन । चर्चित लोकदोहोरी गीत ‘सिमसिम पानी रैछौ बेइमानी’ बाट संगीत क्षेत्रमा झुल्किएका राजन यतिबेला राष्ट्रियताको कुरा उठाउँदै नयाँ एल्बम ‘गर्व’ लिएर श्रोतामाझ आएका छन् ।
लोकदोहरी गीतका जानकार गायक ठकुरीले गीतसंगीत क्षेत्रमा राम्रै स्थान हासिल गरेका छन् । गायकले नयाँ एल्बममा राष्ट्रिय भावले ओतप्रोतका शब्द प्रयोग गरेर कोरिएका गीत रहेको बताए । गीतमा उनकै शब्द रहेको छ । एल्बममा ‘मेरो आफ्नै इतिहास परम्परा छ’, ‘सबै समान’, ‘के छ र मेरो’ र ‘पुण्य पवित्र माटो’ लगायत गरी आठवटा गीत समावेश छन् । एल्बममा रहेको ‘मेरो आफ्नै’ बोलको गीत उनलाई मनपर्ने गीत रहेछ ।
यसअघि गायक ठकुरीले आफ्नै लय, शब्द, स्वर र एरेञ्जमा ‘के लैजानु छ र मरेर’ नामक एल्बम पनि ल्याएका थिए । सो एल्बममा उनले नेपाली समाजमा लोप हुँदै गएको पञ्चेबाजासम्बन्धी गीत समेटेका थिए । जुन गीतबाट गायक ठकुरीले राम्रो चर्चा पनि पाएका छन् ।
फागुनको दोस्रो साता रिलिज गरिएको पञ्चेबाजा गीतमा ‘हाँस बोल अघि सरेर, बिताउँ जीवन रमाइलो गरेर, के लैजानु छ र मरेर !’ बोलको गीत अत्यधिक चलेको गायक ठकुरीको दाबी छ । (सौस)

प्रतिक्रिया