भूकम्पपीडितलाई एल्बमको रकम

namrataकाठमाडौं । भूकम्पपीडितहरूका लागि गाउँ–गाउँ पुगेर राहत वितरण गर्ने कार्यलाई कलाकर्मीले जारी राखेकै छन् । यसै क्रममा गायिका नम्रता काफ्ले खरेलले काभ्रेको आँपबारीमा घरटहरा निर्माणका निम्ति आफ्नो एल्बम ‘नम्रता’ बाट उठेको रकममध्ये एक लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् । पति महेशले सुरु गरेको घरटहरा निर्माण अभियानका लागि उनले उक्त रकम दिएकी हुन् ।
महेशको टोलीले काभ्रे जिल्लामै सयवटा घरटहरा निर्माणको अभियान सुरु गरेको छ । उनको एक्लो प्रयासमा निर्माणको काम सुरु भएको हो । गायक युवराज चौलागाईं, मोडल रञ्जन रिजाल, नवनायक शंकर शाही ठकुरी, भिडियो निर्देशक विधान कार्कीको टोलीसँग गायिका खरेल त्यहाँ पुगेर रकम दिएकी हुन् । ‘हामीले गरेको सहयोगले पीडित जनताको मुहारमा हाँसो आओस् भन्ने हो,’ गायिका खरेलले भनिन्, ‘अन्य जिल्लामा पनि यस्तो कामलाई लैजाने सोचमा छौँ ।’ (सौस)

प्रतिक्रिया