काठमाडौं । भूकम्पपीडितको सहयोगार्थ फिल्म ‘काले’ को च्यारिटी गरिने भएको छ । नेपाल मोडलिङ संघको आयोजनामा आगामी जेठ २९ गते विश्वज्योति चलचित्र भवनमा यसको च्यारिटी गर्न लागिएको हो ।
एक्सपोज नेपालको समेत सहकार्य रहेको उक्त सोबाट उठेको सम्पूर्ण रकम भूकम्पपीडितलाई पारदर्शी तवरले दिइने संंघका अध्यक्ष दिनेश शाहीले बताए । ‘भूकम्पपीडितको नाममा विभिन्न व्यक्तिले फाइदा उठाइरहेको समाचार बाहिर आइरहेको छ,’ शाहीले भने, ‘हामी यो विषयमा सचेत छौँ, मिडियालाई साक्षी राखेर उठेको रकम दिइनेछ ।’
उद्धव अभिदितले निर्देशन गरेको फिल्मका निर्माता महेश गिरी हुन् । फिल्ममा निस्तेज, निरौला, जेनिसा केसी, महेश गिरी, समीक्षा अर्याल, दिनेश दुलाललगायतले अभिनय गरेका छन् । फिल्मले कर्णाली भेगका दलित समुदाय र जातीय भेदभावको कथा बोल्ने निर्माण पक्षको दाबी छ । (सौस)
प्रतिक्रिया