“नेपाली बजारमा कविता होइन, व्यक्ति बिक्छ”

ramgopal_Asutosh‘अँध्यारो समयमा अँध्यारोकै गीत गाइन्छ’, प्रख्यात जर्मन कवि बर्ताेल्त ब्रेख्तले भनेका थिए । कुरा अँध्यारोको मात्र होइन, देश संकटमा भएको बेला कविता झन् शक्तिशाली हुँदोरहेछ भन्ने प्रमाण हुन्– कवि रामगोपाल आशुतोष । भर्खरै गएको महाभुँइचालो–०७२ पछि उनी र अर्का कवि भूपिनले काठमाडौंको शिल्पी थिएटरमा आयोजित मासिक कविता–शृंखला ‘मुक्त अनुभूति’मा कविता सुनाए । र, भुँइचालोपीडितलाई राहत बटुल्न ठुलो सहयोग गरे । ‘फिल द बकेट’ नाम दिइएको उक्त कविता–वाचन कार्यक्रमबाट संकलित तीन लाख रूपैैयाँ भुँइचालोपीडितलाई वितरण पनि गरिएको थियो । पचासको दशकदेखि कविता–साधना गरिरहेका कवि रामगोपाल आशुतोष पछिल्लो समय कविताको ‘एक्टिभिज्म्’ पनि गरिरहेका छन् । भक्तपुरमा मासिक रूपमा सञ्चालन हुने कविता–वाचन कार्यक्रम ‘सँझ्या साहित्य’का उनी अगुवा पनि हुन् । आशुतोष कविताको बजारमा भइरहने सानातिना चर्चा–परिचर्चाबाट बाहिरै रहन रूचाउँछन् । दुई कवितासंग्रह प्रकाशन गरिसकेका आशुतोषका कविता अभै पाठकको कठघरामा छन् । भर्खरै नयाँ कवितासंग्रह ‘ईश्वर र पूलहरू’ लिएर बजारमा आएका आशुतोषसँग पत्रकार/निबन्धकार दीपक सापकोटाले गरेको संवाद यहाँ प्रस्तुत छ –

महाभुइचालोपछि पहिलोपटक कविता वाचनमा सहभागी हुनुभयो । भुइचालोपीडितको सहयोगार्थ गरिएको त्यस कार्यक्रमको रेस्पोन्स कस्तो पाउनुभयो ?

योग्यताअनुसार प्रतिक्रिया पाएँ । मिश्रित रूपमा भन्नुपर्दा महत्वपूर्ण समयमा अति विशिष्ट निर्णय भएको प्रतिक्रिया पाएँ । साहित्यकारहरू सुतिरहेको र केहीले अति हतारमा सस्तो लोकप्रियताका लागि ‘हतारको यात्रा’ गरेको आरोप लगाइरहेका बेला यस कार्यक्रमले दर्शक–श्रोताको ध्यान खिच्यो । र, उनीहरूले यस कार्यक्रमलाई लोकप्रियताभन्दा एक कित्तामाथि रहेको प्रतिक्रिया दिएका थिए ।

कविता–वाचन कार्यक्रमबाट भुइचालोपीडितका लागि कति पैसा संकलन भयो त ?

‘फिल द बकेट’ नामाकरणअनुसार कुल पन्ध्र बाल्टिन जिन्सी खाद्यपदार्थ, लत्ताकपडा तथा नगद संकलन गर्ने उद्देश्य लिइएको थियो । प्रतिबाल्टिन पाँच हजार भर्नुपर्ने हुन्थ्यो । उपस्थित दर्शक–श्रोताले पाँच सय र दुई सयको टिकट खरिद गर्नुपथ्र्यो । त्यहि दिन डेढ लाख नगद संकलन भएको थियो । भुँइचालोका कारण देशका विभिन्न भागमा र विदेशमा रहेका महानुभावले आपूm आउन नसके पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेअनुसार अरू डेढ लाख संकलन भएको थियो । सहयोग आउने क्रम अभै जारी छ ।

कविता वाचन कार्यक्रमपछि राज्य संकटमा रहेका बेला नेपालीको भावना कस्तो पाउनुभो ?

देशमा सरकार छैन, जगजाहेर छ । यस्तोमा आमनेपालीले आत्मनिर्णय गरेका छन्– विपत्मा परेका नेपालीलाई आप्नो ज्यान हत्केलामा राखी सहयोग गर्ने । योभन्दा ठूलो मानवीय–धर्म अरू के होला ?

भुइचालोपछि राहत वितरण वा उद्धारमा तपाईं पनि सक्रिय हुनुभयो ?

अवश्य पनि । म महाभुँइचालोको दोस्रो दिनदेखि भक्तपुरका प्रायः सहरमा, नगरकोट, चाँगुनारायण र ललितपुरको बुङ्मती, काभ्रे र सिन्धुपाल्चोकलगायत ठाउँहरूमा राहत बाँड्न र मानवीय सहयोगको लागि पुगेको थिएँ ।

अब प्रसंग तपार्इंंका कवितातिर मोडौ । तपाईंले कविता लेख्न थाल्नुभएको त दशक नाघिसक्यो । तर, तपाईंका कविता बजारमा उति ध्यान दिएर पढि“दैन भन्ने चर्चा सुनिन्छ । त्यो तपाईंका कविताको कमजोरी हो कि पाठकको ?

कविता समय वा कालको दास नभएकाले दलाली गरेर म आपूmलाई दास बनाउन चाहन्नँ । पाँचै दशक लेखे पनि उत्कृष्ट लेखिएन भने त्यो तपस्या वा कवितामा दुर्घटना हुनेछ । मेरो त भर्खर दोस्रो संग्रह आयो । तपाईंलाई भनूँ, नेपाली बजारमा कविता होइन व्यक्ति बिक्छ । तपाईंले मेरा कविता पढ्नु भएन भने त्यो तपाईंको कमजोरी हो । मेरा कविता प्रकाशकले छापेन भने त्यो उसको गल्ती हो । नेपालमा बजारको विकास भर्खरै हुँदै छ । यदि मेरा कविताले बजार पाए पाठक बढ्नेछन् ।

तपाईंका कविता ईश्वर बल्लभ वा मोहन कोइरालाबाट प्रभावित छन् भन्छन् । कवितालाई चाहिनेभन्दा बढी क्लिष्ट बनाउनुहुन्छ तपाईं । यहा भूपीको सरलशैली हिट भइरहेको बेला पाठकले तपाईंलाई कसरी रुचाउलान् र ?

तपाईं पहिला स्पष्ट हुनोस्, म प्रभावित छु कि छैन ? यद्यपि, उहाँहरूजस्तो महान् हस्तीसित दाँजिनु मलाई आपत्ति कम आनन्दानुभूति बढी भइरहेको छ । के हो क्लिष्ट भनेको ? को सरल र स्पष्ट छन् त ? भूपी ? श्यामल ? विमल निभा ? महाकवि या गोपालप्रसाद रिमाल ? शून्यवाद स्पष्ट/सरल छ कि दर्शन ? लेनिनको राजनीति स्पष्ट या माक्र्सको द्वन्द्वात्मक भौतिकवाद, वात्सायनको कामदर्शन स्पष्ट कि फ्रायडको यौन मनोविज्ञान ? काप्का, सोक्रेटिज, नित्से, मनु, सात्र्र, युन्ज, प्लेटो, रोलाँ ब्रान्ट, चे ग्वेभारादेखि रसेल वा कानन डायल, को स्पष्ट लेख्छन् ? मैले बुझेको कुरा हो– कविताशास्त्र (खण्डकाव्य, महाकाव्य आदि) सम्पूर्ण ग्रन्थहरू– कुरान होस् वा पुराण, गीता होस् वा बाइबल, कानुन वा दर्शन, वेद होस् वा विज्ञान, इतिहास, समाज, राजनीति वा भूगोलसम्म– को पुनर्लेखन र वर्तमान बाँचेको अर्थबोध हो । ती सबै क्लिष्ट छन् । कविताको विश्वसनीयता र सिर्जनात्मकतामा आएको विचलनलाई हेर्दा लाग्छ, अब कविता सूचना, मनोरञ्जन वा अरू रहेनन् । त्यसैले आत्मरति ! भूपीलाई पुनर्लेखन गरेर के साबित हुन्छ र ? शिक्षकले कविता नपढाएसम्म कुन विद्यार्थीले कसको कुन कविता बुझेका छन् र ?

त्यसो भए तपाईं फ्लप कवि त होइन ?

फ्लपको मापन हिट हुनुले गर्छ । अब हिट कविको लिस्टिङ गर्नुपर्ने बेला भएको छ । अर्को कुरा कुन गुटको हिट, कुन पार्टीको फ्लप ? कतै गुटहीन हुनु वा झन्डाविहीन हुनु प्mलप हुनु हो भने म फ्लप कवि नै हुँ ।

ईश्वर र फूलहरू भन्ने संग्रह १२ वर्षअघि नै प्रकाशित हुन खोजेको थियो क्यार । तर, दुर्घटनावस प्रकाशित भएन र अहिले त्यही कविताहरू पाठकहरूलाई दिदा समयको पे्रेस आवाज कसरी आउला त ? त्यति लामो समय भूमिगत बस्नुको कारण के ? कि प्रकाशकले पत्याएनन् ?

त्यहिबेला जनआन्दोलन घोषणा भयो । फेरि, मेरा कविता नारा होइनन् । माथि नै भनिसकेँ, मेरो लेखन समयको प्रभुगान होइन । त्यसैले म ढुक्क छु, ती अजम्बरी गीत सावित हुनेछन् ।
म वितेको १५ वर्षदेखि मिडियामै छु । म नाम बेच्दिनँ, इमान बेचेर मिडियाको बदनाम गर्दिनँ । मिडिया मेरो धन हो, सम्मान हो । ढिलोचाँडो सबैको पालो आउँछ । हेर्नुस्, आज म तपाईंसँग संवाद गर्दैछु । फेरि प्रकाशकले कसलाई पत्याउँछ र ? बालुवामा पानी हाल्न कसले बोटमा पैसा फलाएको छ र ? मलाई दुई प्रकाशकले धोका दिए । तर, शब्दहार प्रकाशनले पत्यायो नि त ।

नेपाली कविताको पछिल्लो प्रवृत्ति कस्तो छ ? कविताको स्तर खस्किएको जस्तो लाग्दैन ?

मेरो स्तर मूल्यांकनको हैसियतमा पुगेको छैन । पाठकले कविलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । भन्नै पर्दा मूलधारमा कविता लेखिएका छैनन् । एक समूह बनाएर कविताको कित्ता घोषणा गर्ने प्रवृत्ति बढ्दै गएको समय हो । यसले नेपाली मौलिक कवितालाई दुर्घटनाग्रस्त बनाउँछ । एउटा गहन पाठकको हैसियतले नेपाली कविताको स्तर खस्किँदै गएको छ भन्न मलाई दुःख लागेको छ । केही समूह अमौलिक हुन उद्यत छन् ।

भूपी शेरचनपछि नेपाली कविता मुर्छा परेको भनेर केही समीक्षक चिच्याइरहेका छन् । यो भनाइ कत्तिको सत्य लाग्छ तपाईंलाई ?

आंशिक गलत । भूपी बाँचेको समय र वर्तमानमा आकाश जमिन फरक छ । उनलाई नारा कवि भन्नेहरूको ताँती यी आँखाले देख्न नपाए पनि पढ्न जरुर पाएको छ । तर, उनलाई अहिले आदर्श कवि (खास गरी उनी उपकुलपति भएपछि) मानिन्छ । पारिजातको शिरीषको पूल उपन्यासलाई कागजको पूmल भन्ने दुस्साहस पनि गरिएको सत्य हो । उनलाई वेश्या भन्नेहरूले वर्तमानमा विधाता मानेको पनि सत्य हो । तर, भूपी कविताको अन्तिम कित्ता होइनन् । उत्तराधिकारी हुने होडले नेपाली कविताले विडम्बना भोग्नुपरेको जरुर हो ।

तपाईं कुन दर्जाको लेखक ?

म कवि हुँ । होइन भने पनि मलाई टाउको दुखाउनु छैन । कविको दर्जा होइन मर्यादा हुनुपर्छ ।

मेरो कुनै गुट छैन भने पनि कविहरू कतै न कतै झुन्डिरहेका हुन्छन् । साच्चै भन्नुस् न, तपाईं कुन गुटको लेखक ?

उप् ! यही मेरो कमजोरी हो । म कुनै पनि गुटको सदस्य नभएकै कारण मेरा पाठक नभएजस्तो देखिएको हो कि ! म न कुनै राजनीतिक वेश्यालयमा न त टुट–गुट–फुटको दलदलमा रमाउने दलाल कविको भट्टीमा भेटिन्छु । म केवल कविता वा साहित्यमा भेटिन्छु । म पाठक हुँ । कविता नै मेरो गुट हो ।

तपाईंको विचारमा उत्कृष्ट पाच कवि र कविता ?

मैले बाँचेको समयका सबै कविता बलिया छन् । विमल निभा, श्यामल, मनप्रसाद सुब्बा, इन्द्रबहादुर राई, बैरागी काइँला, वेञ्जु शर्मा, मञ्जु काँचुली, तीर्थ श्रेष्ठ, कृष्णभूषण बल, श्रवण मुकारुङ, आहूति, विप्लव ढकाल, मोमिला, अभय श्रेष्ठ, रमेश श्रेष्ठलगायत मेरा छिमलका कविलाई सकेसम्म पढेको छु । भन्नैपर्ने हो भने रिमालको ‘प्रति’, भूपीको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ईश्वर वल्लभको ‘मेरी आमाले आत्महत्या गरेको देश’, महाकविको ‘पागल’, गोविन्द वर्तमानको ‘अस्तित्व सोच’, आहुतिको ‘गहुँगोरो अफ्रिका’ मलाई साह्रै मनपरेका कविता हुन् ।

नेपालका गजलकार, कविहरूको नाम सुन्यो कि मेरो जिउ सिरिंग हुन्छ । कस्ता–कस्ता टाइटल राख्छन् भने टाइटल सुन्दै कविता, गजल नपढौंजस्तो लाग्छ । कविको मापन उसको कविताको स्तरले गर्छ कि नाम पछाडि (जस्तै तपाईंको) झुन्डिएको टाइटलले ?

अघि होस् वा पछि, नाम केवल आवरण हो । त्यो परिचय मात्र हो व्यक्तिको । कविता उसको भू–मिति हो । तर, वर्तमानमा नाम वा विरासतले दिएको थर !

प्रतिक्रिया