जिप दुर्घटना छ जनाको मृत्यु (अपडेट)

पाँचथर, २४ वैशाख । ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङ नगरपालिका–८ मा पर्ने ल्याङ्बामा मे१ज ५७२८ नम्बरको जिप भिरबाट तल खस्दा दुर्घटना भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका २३ वर्षीय सागर लिम्बू, ताप्लेजुङ नगरपालिकाकी ३४ वर्षीया भीममाया कटुवाल, २८ वर्षीया निर्मला गुरागाईं, ३० वर्षीय विकास सुनवार, नगरपालिका–४ बस्ने ६२ वर्षीया रतन्कला सुब्बा र डुम्रिसे बस्ने ३१ वर्षीय शरण लिम्बू छन् ।

दुर्घटनामा परी नौ घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते दुई जनालाई जिल्ला बाहिर पठाइएको र अरुको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया