महोत्तरीमा ६१ वटा गाईगोरु नियन्त्रणमा

Gai-Goru-Cow-In-Nepalमहोत्तरी, २३ वैशाख । सीमा नाका हुँदै अवैधरुपले भारततर्फ निकासी गर्न लागेको समयमा महोत्तरी प्रहरीले सिमा नाकाबाट ६१ वटा गाईगोरु नियन्त्रणमा लिएको छ ।

मंगलबार राति सीमा सुरक्षा कार्यालय खैरबन्नीबाट गएको सशस्त्र प्रहरीको टोलीले ५८ वटा गाई तथा नौवटा गोरु गरी ६१ वटा पशु नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक युवराज रिजालको कमाण्डमा गएको टोलीले अवैध रुपमा भारततर्फ तस्करी गर्न लागेको समयमा तीन लाख बराबरका गाई तथा गोरु पक्राउ गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट खैरबन्नीले जनाएको छ ।

महोत्तरीको गौशालाबाट खरिद गरी अवैध तरिकाले गाईगोरु भारत तर्फ पैठारी गर्न लागेको सूचना पाएपछि सो परिमाणका पशु नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक युवराज रिजालले जानकारी दिए ।

नियन्त्रणमा लिइएका गाई र गोरु मंगलबार राति नै जिल्ला भन्सार कार्यालय भिट्ठामोडमा पठाइएको सिमा सुरक्षा कार्यालय खैरबन्नीले जनाएको छ ।

महोत्तरीमा केही समययता अवैध रुपमा गाईगोरु तस्करीमा वृद्धि हुँदै गएको पाइएकोे छ ।

प्रतिक्रिया