उद्धार कोषमा अर्थ मन्त्रालयको ८२ लाख

काठमाडौं, २२ वैशाख । अर्थ मन्त्रालयले विनाशकारी भूकम्पको कारण भएको जनधनको क्षतिको राहत तथा पुनः स्थापनाका लागि ८२ लाख छ हजार १८१ सहयोग गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार अर्थ मन्त्रालय र सो मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

प्रतिक्रिया