कुहिन थाले तरकारी

vegetableकाठमाडौं, २१ वैशाख । कालिमाटी बजारमा तरकारी कुहिन थालेको छ । सामान्यतः दैनिक ६ सय देखि ६ सय ५० टन तरकारीक खपत हुने कालिमाटी तरकारी बजारमा अहिले दैनिक तीन सय टन पनि बिक्री हुने गरेको छैन । सोहीकारण त्यस्ता तरकारी कुहिन थालेका हुन् । भूकम्प गएको भोलिपल्टदेखि तरकारी बिक्रीमा ह्रास आएको कालिमाटी तरकारी बजारका योजना अधिकृत रमेश डंगोलले बताए ।

मागभन्दा तरकारीको खपत बढी हँदा तरकारीको मूल्यमा पनि ३० देखि ४५ प्रतिशतले गिरावट आएको छ । विनाशकारी भुकम्पपछि दुई–तीन दिन तरकारीको भाउ बढे पनि अहिले तरकारीको मूल्य घटिरहेको छ । तर, खुद्रा व्यापारीले भने झन् महँगोमा तरकारी बेचिरहेका छन् । तरकारीको मूल्य घट्दा पनि सर्वसाधारण भने महँगोमा तरकारी किन्न बाध्य छन् । कालिमाटी तरकारी बजारमा दुई सय रुपैयाँको अनुपातमा बिक्री भइरहेको च्याउ अहिले करिब ९० रुपैयाँमा बिक्री भइरहेको छ । विनाशकारी भूकम्पपछिको झड्का नरोकिएको र माहामारी पैmलिने डरले सर्वसाधारण नभएपछि तरकारी कुहिएर फाल्नुपर्ने अवस्था आएको हो ।
बिक्री नभएर दैनिक तरकारीे ५० देखि ७० टन कुहिएर फ्याल्ने गरेको पनि त्यहाँका व्यवसायीले बताए । सधैँभरि भिडभाड भइरहने यहाँको बजार अहिले सुनसान बनेको छ ।

प्रतिक्रिया