‘सत्य साई’द्वारा सेवा

an-old-man-being-served-witकाठमाडौं, २१ वैशाख । सत्य साई सेवा संगठनले १२ वैशाखमा गएको महाभूकम्पपछि प्रभावित क्षेत्रमा खाना र बसोबासको व्यवस्था मिलाएको छ । संगठनले काठमाडौंस्थित विभिन्न अस्पतालका बिरामी, कुरुवा, चिकित्सकलगायत अन्य कर्मचारीलाई खाद्यान्न वितरण गरेको हो ।

टुँडिखेललगायत विभिन्न स्थानमा पाल टाँगेर बसेका प्रभावितका लागि खानेकुरालगायत पानी वितरण गरिएको संस्थाले जनाएको छ । प्रत्येक दिन ६ हजारलाई खाना वितरण गरिएको बताइएको छ ।
सवारीसाधन पुग्न नसक्ने स्थानमा पनि साई स्वयंसेवक खानाको प्याकेटका साथमा पुगेका छन् । संस्थाले २ केजी चिउरा, २ प्याकेट चाउचाउ, बिस्कुट र मिश्रीलगायत राहत र अर्को प्याकेजमा ५ केजी चामल, १ केजी दाल, आधा किलो नुन, आधा लिटर तेल, बेसार वितरण गरेको जानकारी दिएको छ । संस्थाका पाँच सय स्वयंसेवक यस कार्यमा सक्रिय छन् ।
त्यस्तै, प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्यशिविरमार्पत साधारणको स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण गरेको जनाएको छ ।
प्रभावित स्थानमा म्याट्रेस, सिल्पिङ ब्याग, ब्ल्यांकेट, कपडा, बेबी ब्यांकेट, भाँडाकुँडा, माक्कलगायत ब्लिचिङ पाउडरका सामग्री पनि वितरण गरेको छ ।

प्रतिक्रिया