काठमाडौं, २० वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी कीर्तिमानी १३ सय डलर एवं मूल्य १ लाख ३१ हजार ३ सय रुपैयाँमा बिक्री भएको छ । यति धेरै मूल्यमा जर्सी बिक्री भएको नेपाली खेलकुदको इतिहासमा हालसम्मको पहिलो हो ।
वैशाख १२ गतेको शनिबार नेपालमा गएको विनासकारी भूकम्पमा परेका पीडितलाई सहयोग जुटाउन सिड्नीमा आयोजित एक कार्यक्रममा नेपाली क्रिकेट टिमको जर्सी १३ सय डलर तथा नेपाली १ लाख १३ हजार रुपैयाँमा बिक्री भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको हस्ताक्षरित जर्सी अस्ट्रलियामा बस्ने नेपाली नागरिक विजय शर्माले किनेका हुन् ।
नेपाली क्रिकेट टीमका कप्तान पारसले पहिलोपटक नेपाली क्रिकेटसँग सम्बन्धित कुनै पनि सामग्री बिक्री सबैभन्दा बढी मूल्यमा भएको बताए ।
कार्यक्रममा नेपाल–अस्ट्रेलिया युवा संघ र नेप्लिज क्रिकेट संघ अस्ट्रेलियाले भूकम्पपीडितका लागि राहत कोष स्थापना गरेको छ । अस्ट्रेलिया भ्रमणमा रहेका कप्तान पारसले यसअघि नै आपूmले भूकम्पपीडितका लागि राहत कोष जम्मा गर्ने उद्घोष गरेका थिए ।
प्रतिक्रिया