काठमाडौं, १९ वैशाख । नेपाली खेलकुदका प्रायः खेलाडी, प्रशिक्षक र खेलकर्मीहरूले भूकम्पपीडितप्रति गरेको सहयोग नेपाल खेलकुद र समग्र जनमानसका लागि उदहरणीय कार्य
बनेको छ ।
नेपालमा शनिबार गएको महाविपत्ति भूकम्पमा परेका भूकम्पपीडितको सहयोगका लागि नेपाली खेलकुदमा अधिकांश खेलकर्मी लागिपरिरहेका छन् । त्यसैक्रममा भलिबलका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका एपिएफका भलिबल प्रशिक्षक कपिलकिशोर श्रेष्ठ उपत्यकामा रहेका भूकम्पपीडितलाई खाद्यान्न बाँड्न व्यस्त छन् ।
उनले आफ्नो परिवारसँग शुक्रबार बालाजु र माच्छापोखरी क्षेत्रमा पाल टाँगेर बसेको भूकम्पपीडितका लागि खाना र साना बालबालिकाहरूका लागि खानेकुरा तथा झुल वितरण गरेका छन् । श्रेष्ठले त्यसक्षेत्रमा करिब ५० व्यक्तिका लागि सहयोग गरेका हुन् । प्रशिक्षक श्रेष्ठले केही दिन आवश्यक परेसम्म पीडितका लागि सहयोग गर्ने बताएका छन् ।
प्रतिक्रिया