झापा र मनाङका खेल उपाधिका लागि महत्वपूर्ण

Karna1काठमाडौं, ६ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन भइरहेको रेडबुल राष्ट्रिय लिगमा आइतबार पनि मोफसलमै खेल हुनेछन् । पहिलोपटक होम एन्ड अवेको आधारमा जारी प्रतियोगितामा मोफसलको टोलीको मैदानमा आइतबारका खेल हुन लागेका हुन् । झापाको डोमालाल राजवंशी रंगशालामा घरेलु टोली झापा–११ ले लिगको शीर्षस्थानमा रहेको लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई निम्त्याउँदै छ । यो खेल उपाधि टुंगो लगाउनका लागि महत्वपूर्ण सावित हुन सक्नेछ ।

यस्तै रूपन्देहीको एन्फा टेक्निकल मैदानमा सशस्त्र प्रहरीको एपिएफ क्लबले घरेलु टोली जगदम्बा लुम्बिनी फुटबल क्लबविरुद्व खेल्दैछ । धनगढीमा सुदूरपश्चिमाञ्चल फुटबल क्लब (कैलाली) र त्रिभुवन आर्मी क्लब आमने–सामने हुँदै छ ।
डोमालाल राजवंशी रंगशालामा झापा–११ र मनाङ दुवै टोली खेल जित्दै शीर्षस्थानमा उक्लने दाँउमा हुनेछन् । पाँच खेलमा तीन जित र दुई बराबर खेल्दै अपराजित रहेको मनाङ ११ अंकसहित लिगको शीर्ष स्थानमा छ । समान पाँच खेलबाटै तीन जित, समान एक हार र एक बराबरी खेलेको झापा १० अंकसहित लिगको दोस्रो स्थानमा छ । यसअघि भएका भेटमा झापाले गत भदौमा काठमाडौंमा सम्पन्न एन्फाकपको फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । त्यही जित दोहो¥याउने दाउमा झापा हुनेछ भने त्यही हारको बदला लिने दाउमा मनाङ मैदानमा उत्रदैछ । यो खेललाई निकै नै प्रतिष्ठित मानिएको छ ।
मनाङको साथमा स्टार खेलाडीको जमात छ । झापासँग संगठित टिम छ । घरेलु मैदानमा रहेको झापाका कर्ण लिम्बू उत्कृष्ट लयमा रहेका छन् । बिसाल राई पनि खतरनाक हुन सक्छन् भने टिम समन्वय राम्रो छ । मनाङको हकमा डुडोज सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् ।
यस्तै लिगमा निकै नै उत्कृष्ट फर्ममा रहेको त्रिभुवन आर्मी क्लबले कैलालीको सामना गर्दैछ । कैलालीको घरेलु मैदानमा हुने खेलमा एन्फा यु–१७ का खेलाडी सम्मिलित युवा टोली शारीरिक रूपमा बलियो आर्मीलाई रोक्ने दाउमा हुनेछ । नौ अंकसहित आर्मी लिगको तेस्रो स्थानमा छ । झापा र मनाङबीचको खेल बराबरीमा सकिएको अवस्थामा आर्मीले कैलालीविरुद्व जित निकाल्न सके आर्मी लिगको दोस्रो स्थानमा उक्लनेछ । कैलाली लिगको पाँचौ स्थानमा छ । तेज गती र मैदानमा पकड आर्मीको विशेषता हो भने रक्षक जितेन्द्र कार्की सबैभन्दा प्रभावकारी खेलाडी हुन् ।
यस्तै नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक कृष्ण थापाको प्रशिक्षणमा रहेको अधिकांश युवा टोली सम्मिलित सशस्त्र प्रहरीको एपिएफ क्लबले जगदम्बा लुम्बिनी फुटबल क्लबको घरेलु मैदानमा खेल्दैछ । लिगमा एकै खालको प्रदर्शन गर्दै आएको एपिएफ लुम्बिनीलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । उसले आफ्नै घरेलु मैदानमा संगठित एपिएफमाथि जित निकाल्ने प्रयासमा हुनेछ । एपिएफ पाँच खेलमा समान दुई जित र बराबरी तथा एक खेलमा हार बेहोर्दै आठ अंकसहित लिगको पाँचौ स्थानमा छ । लुम्बिनी चार अंकसहित लिगको आठौँ स्थानमा छ । २४ जेठसम्म चल्ने प्रतियोगिताको अन्तिम खेल थ्रीस्टार र मनाङ–मस्र्याङ्दी क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले एक करोड रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया