काठमाडौं । संगीतकार तथा गायक टीका भण्डारीले आफ्नो संगीतमा तयार पारिएका नौ एल्बम एकैसाथ शनिबारबाट बजारमा ल्याएका छन् । राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठलगायतले एल्बमको संयुक्त रूपमा विमोचन गरे ।
विमोचित भएका एल्बमहरूमा ‘मायाको शहर’, ‘इतिहास’, ‘समय २’, ‘रोजाइ’, ‘मन’, ‘बेस्ट अफ टीका भण्डारी’, ‘देश’, ‘स्वर संगीत’ र ‘नयाँ नेपाल जात्रा’ रहेका छन् । एल्बम ‘मायाको सहर’ मा ईश्वर प्रवाशी’ को सोलो शब्द रहेको छ भने प्रमोद खरेल र टीका भण्डारीले शब्दमा स्वर भरेका छन् । त्यस्तै ‘इतिहास’ मा मिनबहादुर थापाको शब्द र प्रल्हाद तिमिल्सिना, मिलन अमात्य, राज सिग्देल, टीका भण्डारी, नारायण लामा र विश्व नेपालीको स्वर रहेको छ ।
यसैगरी ‘समय २’ मा भुवन शर्मा कँडेलको शब्द तथा ध्रुव तामाङ, विकास लिम्बू, उत्तम मगर र आकांक्षा बस्यालको स्वर रहेको छ । अर्को एल्बम ‘रोजाइ’ मा नारद दाहाल र टेकेन दाहालको स्वर छ भने ‘मन’ मा दीप श्रेष्ठ, कर्णदास, मनोज राज र प्रविशा अधिकारीको स्वर रहेको छ । त्यस्तै ‘बेष्ट अफ टीका भण्डारी’ मा कालिप्रसाद रिजाल, दिनेश अधिकारी, डा. कृष्णहरि बराल, श्रीपुरुष ढकाल, नवराज लम्साल, प्रकाश कुइँकेल, हेमन्त परदेशी, सूर्य खत्री घायल, चन्द्र प्रसाईं विवश, कल्पना श्रेष्ठ, ईश्वर प्रवासी, अरुण तिवारी, युवराज पौडेल, शेखर ढुंगेल, विनोद रिजाल र प्रतिमा श्रेष्ठको शब्द छ भने प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, दीपक खरेल, सुक्मित गुरुङ, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, शिव परियार, स्वरूपराज आचार्य, सत्यराज आचार्य, अञ्जु पन्त, कर्णदास, यम बराल, राजेशपायल राई, टीका भण्डारी, डा. भीमार्जुन आचार्य, नागेन्द्र श्रेष्ठ, दीपक लिम्बू र प्रमोद खरेलले स्वर दिएका छन् । एल्बम ‘देश’ मा टीका भण्डारी, किरण प्रधान, रविन शर्मा, मदनकृष्ण श्रेष्ठ, लोचन भट्टराई, प्रमोद खरेल, शिव परियार, राजेशपायल राई, यम बराल, रामकृष्ण ढकाल, दीपक लिम्बू, रेखा सत्याल, दीलिप लामा, नारायण लामा, दुर्गा परियार र राज सिग्देलले स्वर भरेका छन् ।
यस्तै ‘स्वर संगीत’ मा टीकाको सोलो स्वर रहेको छ भने गीतमा प्रदीप नेपाल, कल्पना श्रेष्ठ, सूर्य खत्री घायल, श्रीराम अधिकारी, शेखर ढुंगेल, मिनबहादुर थापा, सुरेश ज्योति पुञ्ज, चन्द्र प्रसाईं विवस, हेमन्त परदेशी, धनबहादुर पुन, दीप शाह, उमा सुवेदी, भुपेन्द्र महत, युवराज पौडेल, प्रकाश कुइँकेल र ज्ञानेन्द्र गदालको शब्द रहेको छ । ‘नयाँ नेपाल जात्रा’ मा टीकाका प्यारोडी गीत रहेका छन् । एल्बमलाई रेस्क्यु क्रिएसनले बजारमा ल्याएको हो । (सौस)
राजकुमारको सांगीतिक सम्पदा
काठमाडौं । चर्चित युवा गीतकार तथा संगीतकार राजकुमार बगरले सांगीतिक एल्बम ‘सम्पदा’ श्रोतामाझ ल्याएका छन् ।
आधुनिक गीत संग्रहित एल्बमको राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान, गीतकार डा. कृष्णहरि बराल, संगीतकार लक्ष्मण शेष, पत्रकार विदुर गिरी, निर्देशक किशोर राना, विन्ध्यवासिनी म्युजिक प्रालिका निर्देशक सुवास रेग्मी र गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाललगायतले शनिबार एल्बमको विमोचन गरे ।
एल्बममा ‘सुने खबर’, ‘म त तिम्रै मायाले’, ‘तिम्रो झल्को कति आउँछ’, ‘मन जलेर’, ‘तिमीलाई माया गर्नु’ बोलका गीत छन् । गीतमा नरेन्द्र प्यासी, स्वरूपराज आचार्य, प्रमोद खरेल, नवराज थापा र श्रेयशी चेम्जोङको स्वर रहेको छ । एल्बमलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो । (सौस)
प्रतिक्रिया