कांग्रेस, एमाले सत्ता टिकाउन केन्द्रित

Puspakamal-Dahalरुपन्देही, ५ वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार केन्द्रित दल सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको बताउनुभएको छ ।

गौतमबुद्ध विमानस्थल भैरहवामा क्रान्तिकारी पत्रकार संघ रुपन्देहीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दाहालले कांग्रेस र एमाले नेतृत्वको सरकार सहमति गर्नभन्दा विमति गर्न उद्दत भएको आरोप लगाए ।

दाहालले विपक्षीमोर्चामा देखिएको खटपट सामान्य भएको जनाए । उनले मोर्चा भित्रको विवाद केही दिनमा समाधान हुने दाबी गरे ।

उनले भने, ‘विपक्षी मोर्चा सहमतिमा संविधान जारी गर्ने सोचमा रहेकाले सरकार र बाहिर बसेका सम्पूर्ण दल मिल्नाको विकल्प छैन ।’

प्रतिक्रिया