कपडा र जुटको झोलामा कालोबजारी

काठमाडौ, ५ वैशाख । प्लास्टिकको झोलामा प्रतिवन्द लगाएपछि कपडा र जुटको झोलाको मुल्य अकासिएको छ । सरकारले १ वैशाख देखी उपत्यका भित्र प्लास्टिकका झोलाको प्रयोगलाई प्रतिवन्ध लगाएपछि त्यस्ता बस्तुमा कालोवजारी बढेको हो ।

उपत्यका भित्रका ठुला डिपाटमेन्ट स्टोरले ग्राहकहरूले किनेको सामान दिंदा अहिले कपडाका झोलामा दिने गरेका छन् । तर त्यसरी सामान दिंदा सो कपडाका झोलाको समेत मुल्य जोड्ने गरेकोले उपभोक्ता थप मारमा परेका छन । त्यसो गर्नेमा भाटभटेनी र विगमार्ट स्टोर रहेका छन ।
वैशाख १ अघि कपडाको झोलाको मुल्य १५ देखी २० रुपैयाँ सम्म पर्ने गरेकोमा अहिले ति झोलाको मुल्य ४० देखी ५० रुपैयाँ पुगेको छ । प्लास्टिकका झोलाहरूको प्रतिवन्धले कपडाका झोलामा सामान दिएर ग्राहकहरूलाई सो झोला खरिद गर्ने बाध्य बनाएको उपभोक्ताहरूको आरोप रहेको छ । प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएसंगै उपभोक्ता तथा साना व्यापारीलाइै सोझै असर परेको छ । सानो लगानीमा खोलिएका किराना पसलहरूले कपडाको झोलामा सामान हालेर ग्राहकहरूलाई दिन सक्ने अवस्था छैन । साथै ग्राहकले पनि प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न बाध्य हुने भएका छन् ।
यता साना व्यापारीहरू र सर्वसाधरणहरूमा कस्तो खालको प्लास्टिकको झोला बोक्न पाउने भन्ने मापदण्ड सरकारले अझै बनाएको छैन । ‘सरकारले विना गृहकार्य नै प्लास्टिकका झोला प्रतिवन्ध गर्ने निर्णय गरेकोमा त्यस्ता पसलेहरू असहमती जनाउछन ।
पर्याप्त गृहकार्य र उचित मापदण्ड विना नै प्लास्टिकका झोलाहरूको प्रयोगमा गरिएको प्रतिवन्धबाट सर्वसाधारण त्रसित भएका छन् । प्लास्टिकका झोलाको प्रयोगमा प्रतिवन्ध लगाएसंगै  वातावरण विभागले अनुगमन शुरु गरेको छ । विभागले उपत्यकाका विभिन्न स्थानमा विभिन्न सरकारी संयन्त्रको समेत सहयोगमा अनुगमन गरी प्लाष्टिक झोला भण्डारण, विक्री, वितरण र प्रयोग गर्नेलाई कडा कारबाही सुरू गरीसकेको छ । विभागका वातावरण निरीक्षक तथा कर्मचारी एवम् सुरक्षाकर्मी सहितको टोलिले विभिन्न स्थानमा मापदण्डविपरीतका ३ सय ५० केजी प्लाष्टिक झोला जफत गरेको छ । अनुगमनको क्रममा प्लाष्टिक स्टोर असनबाट ९६ केजी, आरके स्टोरबाट १५ केजी, एन के स्टोरबाट २२ केजी, बन्ती लाल दास भेडासिंहबाट १० केजी, राजु श्रेष्ठ, बाङ्गेमुढाबाट १३ केजी, प्रविण श्रेष्ठ असनबाट ७.७ केजी प्लाष्टिक झोला जफत गरिएको छ । त्यसैगरी लगनखेलस्थित थानापति ट्रेडर्सबाट २५ केजी, कालिमाटीस्थित अधिकारी प्लाष्टिक पसलबाट ४.५ केजी र रेग्मी प्लाष्टिक ट्रेडर्सबाट ५ केजी प्लाष्टिकका झोला जफत गरिएको छ । मापदण्ड विपरीतका प्लाष्टिक झोला बेच्ने थोक विक्रेतालाई आवश्यक कानुनी कारबाहीका लागि विभागमा उपस्थिति हुन पनि टोलिले पत्र काटिसकेको छ ।

प्रतिक्रिया