काठमाडौं, ५ वैशाख । ताइवानमा सम्पन्न प्रथम एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले शुक्रबार कास्य पदक जितेको छ । अरुण शाक्यले के –४४ विधा (एक हातको अपांगता) अन्तर्गत ७५ केजीमुिन कास्य पदक जितेका हुन् ।
राष्ट्रिय खेलकुद् परिषद्, नेपाल तेक्वान्दो संघ र नेपाल पारा तेक्वान्दो संघको त्रिपक्षीय विवादका बावजुत पनि प्रतियोगितामा सहभागिता जनाएका अरुण शाक्यले के –४४ विधा (एक हातको अपांगता) अन्तर्गत ७५ केजीमुनि बाइ पाएर सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा के–४३ विधामा खेलको अरुण शाक्य युएइका अलि मोहमद अलमारीसँग ०–१२ ले पराजित भएपछि उनी रजत पदकबाट वञ्चित भए ।
यसैगरी, नेपालका हीरामणि अधिकारीले ४३ विधा (दुवै हात अपांगता) अन्तर्गत ७५ केजीमुनि भने पदक हात पार्न सकेनन् । हीरामणि पनि युएईका अलि मोहमद अलमारीसँग ९–१० ले पराजित भए ।
नेपाली टोलीका प्रशिक्षक तथा पारा तेक्वान्दो खेलाडी यादव कुँवरले गरेका थिए । टोली नेतामा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कासिम मियाँ रहेका थिए ।
उनीहरूलाई विगत ६ महिनादेखि इसिडिसीका प्रशिक्षक कल्याण कुँवरले प्रशिक्षण गराएका थिए ।
प्रतिक्रिया