लाहुरेले ल्याए परदेशीको दिन

lahaure-song-2काठमाडौं । गीतकार इखमान पुन मगरले ‘परदेशीको दिन’ नामक एल्बम स्रोतामाझ ल्याएका छन् ।

रुकुममा जन्मिई हाल दाङको घोराहीमा बस्दै आएका इखमानले शुक्रबार राजधानीमा एल्बम सार्वजनिक गरेका हुन् ।

आठ वटा गीत समावेश भएको एल्बममा सन्तोष श्रेष्ठसहितका संगीतकारले संगीत दिएका छन् ।

ब्रिटिस गोर्खामा रहँदा आफ्नो गाउँठाउँ र देशको माया तथा सम्झनामा सिर्जना गरिएका शब्दलाई उनले एल्बममा साभार गरेर ल्याएका हुन् ।

एल्बममा एउटा राष्ट्रिय गीत छ । अन्य सबै गीत वेदना र विछोडसम्बन्धी छन् ।

एल्बममा स्वरूप आचार्य, अञ्जू पन्त, मनोजराजलगायतले स्वर दिएका छन् ।

प्रतिक्रिया