सोनमको फोटोले चिढिए निर्देशक

Sonam-Kapoorमुम्बई । फिल्मकी नायिकाले हट फोटो सुट गराउँदा उनको परिवारले आपत्ति जनाएको कुरा त सुन्दै आइएको हो । तर, बलिउड अभिनेत्री सोनम कपुरले एक पत्रिकाका लागि फोटो सुट गराउँदै एक निर्माता उनीसँग चिढिएका छन् ।
समाचार अनुसार सोनमले हालै एक म्यागाजिनका लागि फोटोसुट गराएकी थिइन् । तर, फिल्म ‘प्रेम रतन धन पायो’का निर्देशक सुरज बड्जात्याले भने उनको काम प्रति आपत्ति जनाएका छन् । फिल्म रिलिज हुनुभन्दा अगाडि आफ्नो लुक्स र तस्बिरलाई लिएर सतर्क हुनुपर्नेमा सोनमले उक्त कुराको उल्लंघन गरेको निर्माताको भनाइ छ ।
सुरजको फिल्ममा प्रमुख भूमिका निभाएकी सोनमले हालै एक सेक्सी फोटोसुट गरेकी थिइन् । तर, उनको काम प्रति निर्देशकलाई कुनै चित्त बुझेन । ‘सोनमले गराएको फोटोसुटका कारण फिल्ममा भएको उनको लुक्समा नोक्सान पुग्ने चिन्ता सुरजमा छ,’ निर्देशक सुरजनिकट स्रोतले भन्यो, ‘फिल्ममा गाउँले केटीको भूमिकामा देखिएकाले पनि सुरज पुनमको लुक्सलाई बाहिर ल्याउन चाहँदैनन् ।
प्रायः नायिकाहरू फिल्मको काम सकेपछि आफ्नो अन्य गतिविधिमा संलग्न हुने आम प्रचलन अनुरूप सोनमले पनि सोही नीति अपनाउँदा झमेला व्यहोर्नु परेको हो । एजेन्सी

प्रतिक्रिया