प्रधानमन्त्रीले ओढाए थापाको पार्थिव–शरीरमा राष्ट्रिय झन्डा

PM Pays Last Tribute to Late Thapaकाठमाडौं, ४ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव–शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री कोइराला श्रद्धाञ्जली अर्पण गर्न दशरथ रंगशालामा पुगेका थिए । थापाप्रति राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्री कोइरालाले सरकारका तर्फबाट सम्मान व्यक्त गरेका हुन् । सार्वजनिक श्रद्धाञ्जलिका लागि ज्येष्ठ सभासद् थापाको पार्थिव शरीर शुक्रबार अपराह्न १ बजेदेखि रंगशालामा राखिएको हो ।

सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले पञ्चायतकालमा पनि थापा कसरी सुधार गर्न सकिन्छ भनेर निरन्तर लागेको स्मरण गरे ।  थापा मुलुकको शान्ति, लोकतन्त्र र स्थायित्वका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन, ‘नेपाली कांग्रेसबाट सुरु भएको थापाको राजनीतिक यात्रा संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशितालाई स्वीकार गर्दै हरेक परिवर्तनमा प्रजातन्त्रको पक्षमा नै रहेको थियो ।’

प्रतिक्रिया