पूजालाई लिएर सुदर्शन बहराइन

Chankheकाठमाडौं । पब्लिसिटीसहित करिब डेढ करोड बजेटमा निर्माण गरिएको फिल्म ‘चंखे शंखे पंखे’ को प्रिमियरका लागि फिल्म निर्देशक सुदर्शन थापा नायिका पूजा शर्मा लिएर बहराइन उडेका छन् ।

नेपालमा रिलिज भएको झन्डै २७ दिनअघि त्यहाँ हुन लागेको प्रिमियरमा सहभागिता जनाउन निर्माता सन्तोष सेनसहित उनीहरू उडेका हुन् । प्रिमियर शुक्रबार हुँदैछ ।

गत बुधबार राति सेन्सर बोर्डबाट प्यारेन्टल गाइडेन्स सर्टिफिकेट पाएलगत्तै उनीहरू बहराइन उडेका हुन् । निर्माता सेनका अनुसार बहराइनमा फिल्म शोका लागि १५ सय बढी टिकट बिक्री भइसकेको छ ।

‘सेन्सरमा फिल्म हेरेपछि हाम्रो विश्वास अझ बढेको छ त्यसैले बहराइनमा लगातार चार शो फिल्मको प्रदर्शन हुनेछ,’ निर्माता सेनले भने ।

नेपालमा आगामी जेठ १ बाट देशव्यापी प्रदर्शन हुने फिल्मले कमेडीसहित राष्ट्रियताको विषयलाई पनि उठान गरेको निर्देशक थापाले बताए । फिल्ममा थापा आफैंले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

फिल्ममा सुदर्शन र पूजाबाहेक प्रेम पुरी, सुवास थापा, नन्दिता केसी, रामशरण पाठक, प्रमोद अग्रहरिलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

फिल्ममा गोविन्द राईको कोरियोग्राफी, ताराप्रकाश लिम्बूको संगीत र राजेश श्रेष्ठको छायांकन रहेको छ ।

प्रतिक्रिया