सागरको झालेमाले भाइ सार्वजनिक

sagar-rajकाठमाडौं । गीत ‘कठैबरा’ बाट नेपाली संगीतमा डेब्यु गरेका गायक सागरराजले नयाँ भिडियो ‘झालेमाले भाइ’ सार्वजनिक गरेका छन् । फ्युजन शैलीको गीतमा उनकै स्वर, शब्द र संगीत रहेको छ ।

गीतको संगीतमा सांस्कृतिक र आधुनिक बाजागाजाहरू सेक्सोफोन, सारंगी, गीतार आदिको प्रयोग गरिएको छ । विभिन्न प्रकारका बाजागाजाबाट यो गीतले भिन्न तरंग पैदा गरेकाले गीत फरक पृष्ठभूमिमा बनेको गायक सागरराजले बताए । भिडियोमा राज श्रेष्ठ, प्रिन्स नेपाली, मन्जीलविक्रम केसी, सागरराज, प्रतिक बानिया र अनुज श्रेष्ठले विभिन्न बाजागाजाको प्रयोग गरेको
हेर्न पाइन्छ ।

युट्युबमा आठ हजारभन्दा बढीले हेरेको भिडियो एउटा बालकको सपनाका बारेमा छ । जहाँ उसले झालेमाले भाइको नामले एक प्रसिद्ध व्यक्तिको रूपमा आफूलाई पाउँछ । भिडियोमा झालेमाले भाइ कहीले एकान्त पारामा एउटा कुनामा पुगेको देखिन्छ त कहिले मानिसको भिडमा पनि एक्लो महसुस गरेको देखिन्छ । तर, कतिपय मानिसले उसको गाम्भीर्यतालाई पनि विशेष प्रकारले माया गरेको देख्न सकिन्छ ।

भिडियोमा झालेमाले भाइका रूपमा बालकलाकार अविरल प्रताप अधिकारीले अभिनय गरेका छन् । अधिकारीले जीवन्त अभिनय गरेको भिडियोको छायांकन लुजा सिंहले गरेका हुन् । भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । तीन वर्षअघि सागरराजको डेब्यु गीतमा पनि उनले बालबालिकाकै कथालाई रोजेका थिए । जसमा उनले बालकलाकार अनुभव रेग्मी र सुरज सिंह ठकुरीलाई अभिनय गराएका थिए ।

प्रतिक्रिया