पुने, ४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ ।
बुधबार राति महाराष्ट्र क्रिकेट एसोसिएसन मैदान पुनेमा भएको खेलमा पहिलो जित हात पार्ने क्रममा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको हो ।
पञ्जाबले दिएको १ सय ६९ रनको लक्ष्य दिल्लीले एक बल बाँकी छँदा पाँच विकेटको क्षतिमा पूरा ग-यो । जितनजिक पुगेको दिल्लीलाई १२ बलमा ७ रन आवश्यक हुँदा लगातार दुई विकेट गुमाएपछि खेल निकै रोमाञ्चक बनेको थियो । ६ बलमा चार रन मात्र बनाउन सकेपछि दिल्लीलाई जितका लागि ६ बलमा ३ रन आवश्यक थियो । पहिलो र दोस्रो बलमा एक–एक रन दिँदै तेस्रो बलमा अक्षर पटेलले अर्काे विकेट तथा चौथो बलमा रन नदिएपछि खेल पञ्जावको पक्षमा पुग्न लागेको थियो ।
तर, पाँचौं बलमा म्याथ्युले चौका प्रहार गर्दै टोलीलाई पहिलो जित दिलाए । दिल्लीका लागि मयंक अग्रवालले ६८ रनको महत्वपूर्ण पारी खेले । ४८ बलको सामना गरेका उनले सात चौका र दुई छक्काको मद्दतमा ६८ रन जोड्दा अनुरित सिंहको बलमा बोल्ड भए । आईपीएलका महँगा स्टार युवराज सिंहले ५५ रनको पारी खेले । उसका जेपी डुमिनी २१ रनमा आउट भए । एन्जेलो म्याथ्यु ६ रनमा अविजित रहे । पञ्जाबका लागि अनुरित सिंहले दुई तथा सन्दीप शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनको सम्मानजनक योगफल तयार पा-यो । १ सय ६५ रन बनाउने क्रममा उसका वीरेन्द्र सहवागले सर्वाधिक ४७ रन बनाए ।
उनी डुमिनीको बलमा क्याच आउट भए । यस्तै उसका कप्तान रिद्धिमान शाह ३९ रनमा पेभेलियन फर्किए । ओपनर मुरली विजय १९ रनमा एन्जेलो म्याथ्युको बलमा डुमिनीको क्याच आउट भए भने जर्ज बेली पनि १९ रन बनाएरै आउट भए । यस्तै ग्लेन म्याक्सवेल र अक्सर पटेल १५ र १३ रनमा पेभेलियन फर्किए । दिल्लीका लागि इमरान ताहिरले तीन विकेट लिए । यस्तै जेपी डुमिनीले दुई तथा अमित मिश्रा र एन्जेलो म्याथुले एक–एक विकेट लिए ।
प्रतिक्रिया