पेरिस, ४ वैशाख । स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलनजिक पुगेको छ ।
बुधबार राति पेरिस सेन्ट जर्मन (पीएसजी) को घरेलु मैदानमा भएको पहिलो लेगमा ३–१ ले पराजित गर्दै बार्सिलोना सेमिफाइनलनजिक पुगेको हो ।
बार्सिलोनाको जितमा लुइस सुवारेजले दुई तथा ब्राजिली स्टार नेयमारले एक गोल गरे । पीएसजीले आत्मघाती एक गोल उपहार पाएको थियो । बार्सिलोनाका जेरेमी म्याथ्युले पीएसजीका भान डर वेलको शक्तिशाली बललाई क्लियर गर्न खोज्दा आफ्नै पोष्टको दिशा लिएको थियो । खेलको सुरुदेखि नै घरेलु टोलीमाथि दबाब सिर्जना गरेको पाहुना टोली बार्सिलोनाले १४ औं मिनेटमा पहिलो गोल ग¥यो । उसका ब्राजिली स्टार नेयमारले अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीको पासमा गोल गर्दै अग्रता दिलाए । खेलमा दबाब बनाए पनि बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता मात्र बनाउन सक्यो । दोस्रो हाफमा अझै सशक्त देखिएको बार्सिलोनाले दुई गोल गर्न सफल भयो ।
बार्सिलोनाका लागि उरुग्वेली फरवार्ड लुइस सुवारेजले खेलको ६७ र ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाले ३–० को अग्रता बनायो । तर, ८२ औं मिनेटमा बार्सिलोनाका जेरेमी म्याथुले आत्माघाती गोल गरेपछि पीएसजीले गोल अन्तर घटाउँदै खेलमा फर्कने संकेत गरे । लुइस सुवारेजको पहिलो गोल निकै उत्कृष्ट थियो । मार्टिन मोनटोयाको चलाखीपूर्ण पासमा लुइस सुवारेजले दुई डिफेन्डर छलाउँदै उत्कृष्ट गोल गरेका थिए । यस्तै उनले ७९ औं मिनेटमा जेभियर मस्चेरानोको पासमा अर्काे गोल थप्दै टोलीको जित पक्का गरे । पीएसजीलार्ई एक खेल प्रतिबन्धमा खेपेका उसका भरपर्दा स्टार याल्टन इभ्राहामोभिचको अभाव खड्किएको थियो भने कप्तान थियागो सिल्भा २१ औं मिनेटमै घाइते हुँदै मैदान बाहिरिएपछि घरेलु टोली कमजोर बनेको थियो ।
यस्तै बुधबार राति नै भएको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोले उपाधिको निकै बलियो मानिएको जर्मनीको बायर्न म्युनिखलाई समान ३–१ कै नतिजामा पराजित गर्दै सेमिफाइनलनजिक पुगेको छ ।
आफ्नै घरेलु मैदानमा पोर्टोलाई विजयी गराउन रिकार्डाे करिज्माले दुई तथा ज्याक्सन मार्टीनेजले एक गोल गरे । बायर्न म्युनिखका लागि थियागो अलकान्ताराले सान्त्वना गोल फर्काए । घरेलु टोली पोर्टाेले सुरुवाती १० मिनेटमै २–० को अग्रता बनायो ।
खेल सुरु भएको तेस्रो मिनेटमै पोर्टाेले पेनाल्टीको अवसर प्राप्त ग¥यो । बायर्नका गोलरक्षक म्यानुयल नियुरले विपक्षी खेलाडी ज्याक्सन मार्टिटेजलाई डिबक्समा लडाएपछि पोर्टोले पेनाल्टी पाएको थियो । जसमा रिकार्डो क्यारिस्माले गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको १० औं मिनेटमा रिकार्डोले एकल प्रयासमा टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
२८ औं मिनेटमा बायर्न म्युनिखका थिएगो अलकान्तराले जेरेमी बोटिङको पासमा गोल गर्दै बायर्नलाई खेलमा फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन । खेलको ६५ औं मिनेटमा पोर्टाेका ज्याक्सन मार्टिटेजले एलेक्स सान्ड्रोको पासलाई गोलमा परिणत गरेपछि पोर्टोले बायर्नविरुद्व ३–१ को महत्वपूर्ण जित निकाल्यो । दोस्रो लेगका खेलहरू आगामी २१ अप्रिलमा हुनेछन् ।
प्रतिक्रिया