कोटेश्वर–कलंकी सडकखण्ड निर्माणमा ढिलाइ

काठमाडौं, २ वैशाख । कोटेश्वर–कलंकी, चक्रपथ सडकखण्डको निर्माण कार्यमा ढिलाइ भएको छ । निर्माण मजदुर, टिपर ड्राइभरले गरेको हडताल तथा ढुंगा गिट्टीमा देखिएको समस्याका कारण आयोजना सम्पन्न हुने अवधि बढेको हो ।

चक्रपथ आयोजनाका प्रमुख अशोक तिवारीले विगतमा निर्माण मजदुरको हडताल तथा ढुंगा, गिट्टीको अभावमा केही समय काम प्रभावित भएकाले केही समय थप भएको बताए । एक वर्ष थप भए पनि हाल निरन्तर रूपमा काम अगाडि बढिरहेको र सकेसम्म तोकिएको अवधिभन्दा अगावै पूरा गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाइएको उनको भनाइ छ ।

कलंकी–कोटेश्वर खण्डको १० दशमलव ३९ किलोमिटर सडकलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने लक्ष्यका साथ काम अगाडि बढेको आयोजनाले जनाएको छ । सडक निर्माण चीनको संघाई कन्स्ट्रक्सन कम्पनी लिमिटेडले गरिरहेको छ । कम्पनीले सम्झौताअनुसार २०१३ मार्च १५ बाट निर्माण सुरु गरेको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ४० महिनाभित्र निर्माण सम्पन्न हुने गरी कम्पनीसाग २०१२ डिसेम्बर १८ मा सम्झौता भएको आयोजना प्रमुख तिवारीले बताए ।

चिनियाा कम्पनीसाग भएको सम्झौताअनुसार सबै सडक निर्माणको काम २०१६ मे १५ मा सकिने बताइए पनि निर्माण मजदुरको हडताल तथा गिट्टी–ढुंगामा देखिएको समस्यका कारण एक वर्ष पछाडि धकेलिएको हो । सो सडकखण्ड अगाडि बढाउनका लागि चीन सरकारले पााच अर्ब नौ करोड सहयोग उपलब्ध गराएको छ । सम्झौताअनुसार चिनियाा कम्पनीले ग्वार्खो, सातदोबाटो र कोटेश्वरमा आकासे पुल बनाउनुपर्ने छ ।

कोटेश्वरमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने अन्य स्थानमा पनि आकासे पुलको काम अगाडि बढिरहेको छ । बााकी खण्डमा भने सरकारले नै आकासे पुल निर्माण गर्नुपर्ने भएकाले प्रक्रिया अगाडि बढिसकेको आयोजना प्रमुख तिवारीको भनाइ छ ।

कोटेश्वरको मनहरा खोलाको पुल निर्माण सम्पन्न हुने चरणमा रहेको छ भने बल्खुमा पनि अन्तिम चरणमा पुगेको छ । स्थानीयको घर टहरा भत्काउन तथा सडक निर्माणका लागि ग्वार्खो तथा इमाडोल क्षेत्रमा केही समस्या रहेको भन्दै आयोजना प्रमुख तिवारीले स्थानीय सरोकार समूह तथा राजनीतिक दलसाग बसेर समाधान गरिनेमा जोड दिए ।

उनका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमले समयमै आफ्नो काम पूरा नगरिदिादा थप समस्या उत्पन्न भएको छ । कुल आठ लेनको उक्त सडकको मध्य बीच भागमा चार लेन भने तीव्र गतिमा सवारीसाधन चलाउनका लागि छुट्टयाइने भएको छ भने साइकल लेन, फुटपाथ पनि बनाइनेछ । कलंकीमा अत्याधिक रूपमा सवारीसाधनको चाप हुने भएकाले काम अगाडि बढ्न सकेको छैन, अन्य स्थानमा भने काम अगाडि बढिरहेको तिवारी बताउाछन् ।

योजनाअनुसार कलंकीमा भूमिगत मार्ग पनि बनाइनेछ । जसबाट सवारी आवागमनमा सहज हुने विश्वास आयोजनाले लिएको छ । उक्त सडकखण्डको निर्माणमा चिनियाा प्राविधिक र उनीहरूकै डिजाइनमा काम अगाडि बढेकाले सडक अन्तर्राष्ट्रिय गुणस्तरको हुने र नेपालको नमुना सडक बन्ने विश्वाससमेत आयोजनाले लिएको छ ।
व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले आयोजनालाई समयमै सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र मातहतको निकायले सक्दो सहयोग गर्नुपर्ने बताए । सो सडकखण्ड पूरा भएपछि हाल सञ्चालनमा रहेको चक्रपथलाई पनि विस्तार गर्ने सरकारको योजना रहेको छ । सडक विभागका महानिर्देशक माधव कार्की ग्वार्खो तथा इमाडोल क्षेत्रमा देखिएको समस्या समाधान गर्न विभाग दत्तचित्त भएर लागेकाले समस्या समाधान हुने बताउाछन ।
‘अन्य स्थानमा टेलिकम, विद्युत् तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडसाग समन्वयमा काम गरिएकाले समस्या आउादैन’ उनले भने । कोटेश्वर–सूर्यविनायक सडकखण्ड जापानी सहयोगमा निर्माण पूरा भएको र कोटेश्वर–सातदोबाटो–कलंकी सडकखण्ड निर्माण पूरा भएपछि राजधानीको मुहार नै परिवर्तन हुने महानिर्देशक कार्कीको भनाइ छ ।

प्रतिक्रिया