काठमाडौं, २ वैशाख । नेपालमा हिमाली भागलाई अल्ट्रा म्याराथनको लागि उपयुक्त क्षेत्र मानिन्छ । पछिल्ला समय नेपालमा हुने गरेका अल्ट्रा म्याराथनमा विदेशीको उल्लेख्य सहभागिताले यो खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने सम्भावना देखाएको छ । नेपाली अल्टा्र म्याराथन धावकको प्रदर्शन पनि त्यत्ति खराब छैन । नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता जनाउन समस्या भोग्दै आएका छन् । अनुमतिका लागि आधिकारिक खेल निकाय नभएका कारण धावकहरूले समस्या भोग्दै आएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले एथलेटिक्सतर्फ र एथलेटिक्सले परिषद्तर्फ जिम्मेवारी पन्छाउादा उनीहरूको आधिकारिक निकाय नै प्रस्ट छैन । त्यसो त अनेक समस्याका बाबजुद आफ्नै खर्चमा सहभागिता जनाउादै अल्ट्रा धावकले केही सफलता पाएका छन् । तर, ती सफलतालाई समेत खेलकुद निकायले प्राथमिकता दिने गरेको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव युवराज लामा यस खेल ‘अफिसियल’ रूपमा दर्ता नभएको हुादा सरकारका तर्फबाट केही सहयोग प्रदान गर्न नसकेको बताउाछन् । अल्ट्रा खेल ट्राभल एजेन्सीको फाइदाका लागि आयोजना गरिादै आएको आरोप लगाउन संकेत उनी पछि पर्दैनन् ।
एथलेटिक्स संघका महासचिव सुनिल राजवंशीले आफ्नो संघभित्र अल्ट्रा खेल समावेश नभएकाले यस खेलका लागि कुनै किसिमको सहयोग नगरेको बताउाछन् । अल्ट्रा खेलाडीले प्राविधिक सहयोग मागेमा मात्र दिादै आएको उनी बताउाछन् । राखेपको बजेटमै संघ आश्रित रहादै आएकाले पनि यस खेलको प्रवद्र्धनमा केही गर्न नसकेको महासचिव राजवंशीको बुझाइ छ ।
नेपाली धावकको उपलब्धि
नेपाली खेलाडीले अल्ट्रा म्याराथनबाट अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरका २० स्वर्ण, २५ रजत र १५ कास्य पदक जितेका छन् । चिन, हङकङ, फ्रान्स, इटालीजस्ता देशमा भएका प्रतियोगितामा नेपाली खेलाडीले आफूलाई अब्बल साबित गरिसकेका छन् । तिनैमध्येका रामेछापका समीर तामाङ अल्ट्रा खेलमा नेपालको छवि उच्च राख्न सफल भएका छन् । रामेछाप प्रिती गाविस–२ मा निम्नवर्गीय परिवारमा जन्मिएका तामाङले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नौ स्वर्ण, आठ रजत र २३ कास्य पदक जितेका छन् । ताप्लेजुङमा सन् २०१२ मा भएको पाथीभरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताबाट अल्ट्रा धावकको छवि बनाएका तामाङले दोस्रो स्थान पाएका थिए । त्यसपछि सफलता पाउादै जाने क्रममा उनले विसं २०६८ मा भएको अन्नपूर्ण म्याराथनमा ५० जना विदेशीलाई पछि पार्दै स्वर्ण पदक जिते । २०६९ को पाथीभरा तेस्रो अन्तर्राष्ट्रिय म्याराथनमा उनी पहिलो मात्र भएनन्, यसअघिको खेल समयको कीर्तिमान भंग गर्न सफलसमेत भए । नेपालका राजेन्द्र भण्डारीको नाममा रहेको ४ घन्टा ३ मिनेट ५७ सेकेन्डको कीर्तिमानलाई तोड्दै ३ घन्टा ४९ मिनेट ४३ सेकेन्डमा सो दौड पूरा गरेर तामाङले कीर्तिमान कायम गरे ।
विस २०६९ मा गोरखाको लिगलिगे दौड प्रतियोगितामा ५८ मिनेट ५८ सेकेन्ड समय खर्चंदै तामाङ फेरि पहिलो भए । सो प्रतियोगितामा हरि रिमालको नामको कीर्तिमानलाई भंग गर्दै तामाङले नयाा कीर्तिमान रचे । रिमालको एक घन्टा एक मिनेटको कीर्तिमान थियो । नेपालकै तेन्जिङ हिलारी अल्ट्रा म्याराथन तथा एभरेस्ट ट्राइल दौड प्रतियोगितामा पनि उनी पहिलो हुन सफल भए ।
सन् २०१४ मा फ्रान्समा सम्पन्न द नर्थ फेस अल्ट्रा ट्राई म्याराथनमा उनले ७७ देशका एक हजार ६०० धावकलाई पछि पार्दै १४ घन्टा २५ मिनेट ३३ सेकेन्ड समयमा दौड पूरा गरी दोस्रो भए । हङकङमा भएको अक्सफाम ट्राइल खुला १०० किलोमिटर दौड १० घन्टा ५७ मिनेटमा पूरा गरेर उनी दोस्रो भए । हङकङको लनटाउमा भएको एक सय किलोमिटरको प्रतियोगितामा ७०० खेलाडीलाई पछि पार्दै उनी पहिलो भएका थिए । त्यतिबेला तामाङ पहिलो मात्र भएनन् जेरमी रिठेको नाममा रहेको कीर्तिमानलाई भंग गर्दै १२ घन्टा २८ मिनेट समय खर्चेर आफ्नो नाममा नयाा कीर्तिमान बनाए । रिठेको नाममा १२ घन्टा ४० मिनेटको कीर्तिमान कायम थियो ।
विश्वकै सर्वोत्कृष्ट खेलाडीले भाग लिने द अल्टा्रइल माउन्ट ब्लाङको ११९ किलोमिटर अल्ट्रा म्याराथनमा समेत तामाङले भाग लिएका छन् । ‘ नेपालीमा प्रतिभा भए पनि सम्बन्धित निकायले त्यसको अर्थ बुझ्न नसक्दा यस खेलमा नेपाल पछि परेको उनको गुनासो छ ।
अर्का अल्ट्रा धावक पूर्ण तामाङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरेर चार स्वर्ण, ६ रजत र दुई कास्य पदक हात पारेका छन् । होमलाल श्रेष्ठले चार स्वर्ण, चार रजत र एक कास्य पदक, तीर्थबहादुर तामाङले तीन स्वर्ण, दुई रजत र एक कास्य तथा आइते तामाङले पााच स्वर्णपदक हात पारेका छन् । पछिल्लो समय महिला अल्ट्रा म्याराथन धाविका मीरा राई निकै सफल खेलाडीका रूपमा अन्तर्राष्ट्रिय म्याराथनको क्षेत्रमा परिचित छिन् । उनले अन्तर्राष्ट्रिय खेल सुुरु गरेको एक वर्षमा नै हङकङमा ५० किलोमिटरको अल्ट्रा म्याराथन प्रतियोगितामा ४ खेल र इटालीमा भएको दुई खेलमा स्वर्ण जितेकी थिइन् ।
प्रतिक्रिया