ओलीको आत्मविश्वास !

PK_oliकाठमाडौं, २ वैशाख । राजनीतिक वृत्तमा ‘शक्तिशाली’ देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली उखान–टुक्कान मिलाएर प्रतिस्पर्धीलाई व्यंग्य गर्न पहिलेदेखि नै खप्पिस हुन् । अब उनको चर्चा यतिमा मात्र सीमित रहेन, फरक प्रकारको गतिविधिले पनि उनलाई पछिल्लो समय चर्चामा ल्याइदिएको छ ।
सोमबार राजनीतिक बैठकमा नबसी धरहरा चढेपछि विपक्षीबाट आलोचित बनेका उनले मंगलबार बालकोटस्थित निवासमा झापा आन्दोलनका सहयोद्धालाई जम्मा गरेर भोज खुवाए । उक्त भेलामा उनले रंगरउस गर्दै नाचगान पनि गरे ।
खासगरी, पार्टी अध्यक्ष भइसकेपछि ओलीले यस्ता फरक खालमा गतिविधि गर्न थालेका हुन् । अध्यक्षमा निर्वाचित भइसकेपछि उनले पहिलोपल्ट आफ्नै निवासमा गानाबजानासहित भव्य रुपमा जन्मोत्सव मनाएका थिए । सोमबार धरहरा चढेर उनले २०७१ साललाई बिदाइ गरे । मंगलबार नयाा वर्ष मनाउने तरिका पनि उनको अरुभन्दा पृथक नै रह्यो ।
उनले मंगलबार नयाा वर्षको स्वागत गर्न झापा आन्दोलनसाग जोडिएका कम्युनिस्ट नेतालाई आफ्नै निवास बालकोटमा निम्त्याएर रमाइलो गरे । उनले आन्दोलनसाग जोडिएका ५० नेतालाई आफ्नो निवासमा डाकेका थिए । अध्यक्षको कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनाल, माले महासचिव सिपी मैनाली, एमाले नेता राधाकृष्ण मैनालीदेखि मुकुन्द न्यौपाने, युवराज कार्की, गौरा प्रसाईलगायत उपस्थिति थिए । उनले मादल र ढोलक बजाउदा त्यसमा लय मिलाउादै अरु कम्युनिष्ट योद्धा नाचेका थिए ।
६४ वर्षको पुगेको अवसरमा बालबोटमा ठूलै कार्यक्रम गरेका उनले बाजा बजाए, कम्युनिष्ट योद्धासंगै  छमछमी नाचे । तबेला, मादक र ढोलक सांगीतिक टोलीले बजाएका थिए । घरको टुप्पोमा  नयाा राष्ट्रिय झन्डासमेत गाडेका थिए । सामान्य तरिकाले जन्मदिन मनाउादै आएकोमा उनले यसपटक फागुन ११ मा भने नेता तथा कार्यकर्तालाई बोलाएर भोजसमेत खुवाएका हुन् ।
एमाले प्रमु्ख सचेतक अग्नि खरेल ओली अध्यक्ष भइसकेपछि उनको काधमा देशको ठूलो जिम्मेवारी भएका कारण उनले गर्ने कार्य त्यही जिम्मेवारी वहन गर्ने सांकेतिक रुपमा रहेको बताए । झापा आन्दोलनका नेतालाई जम्मा पारेर कम्युनिष्ट एकताको सन्देश दिनुका सथौ धरहरा चढेर एउटा देशभक्तले बनाएको सम्पदा हो भनेर सम्झना गरेको खरेलको भनाइ छ ।
‘जोकोही  पनि धरहरा चढेका हुन्छन । तर ओली अहिले संविधान निर्माण र राज्य पुन:संरचना भइरहेको बेला धरहरा चढ्नु सांकेतिक एकताको सन्देश दिनु हो,’ उनले भने, ‘देशमा फाटो ल्याउन खोजेको अवस्थामा धरहरा चढेर पुर्खाले बनाएको संरचनालाई सम्झेर पुरानो संरचनालाई नभत्काउनु भन्नु हो  ।’
उनका झापा अन्दोलनका सहयोद्धा माले महासचिव मैनालीले ओलीको आत्मविश्वास बढेका कारण उनले पछिल्ला दिनमा कहिले धरहरा चढ्ने त कहिले पुराना साथीहरुलाई बोलाएर भेटघाट गर्ने गरेको बताए । ‘म बिरामी भए पनि सक्षम छु । ममा आत्मविश्वास छ भन्ने देखाउन उहााले यस्ता कार्य गर्नुभएको हो’, उनले भने, ‘भोलि देशको प्रधानमन्त्री हुने व्यक्तिले यतिको गर्नु राम्रो पक्ष हो । आत्मविश्वास देखाउन महसुस भएर यस्तो गर्नुभएको हो ।’
पार्टीमा आफ्नो समर्थन बढेका कारण पनि उनले आत्मविश्वासका लागि फरक ढंगका कार्य गरेको मैनालीको बुझाइ छ ।

प्रतिक्रिया