पुस्तक चोरी गर्नेलाई कारवाही गर्न माग

Book-Pustak-Nepaliकाठमाडौं, २९ चैत । पुस्तक प्रकाशकहरूले पुस्तक चोरी छपाई तथा अनाधिकृत फोटोकपी गरी विक्री गर्ने विक्रेतालाई कुनै कारवाही नभएको गुनासो गरेका छन् ।

अवैधानिक तरिकाले पुस्तकको प्रतिलिपि बेच्ने गरेपनि सरोकारवाला निकायबाट कारवाही नहुँदा विकृति झनै मौलाएको विक्रेताहरूको भनाई छ । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा उनीहरूले अवैधानिक तरिकाले हुने गरेको पुस्तक चोरी तथा फोटोकपी गर्नेलाई कारबाही गर्न माग गरे ।

नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघका अध्यक्ष वसन्त थापाले पुस्तकको चोरी छपाई रोक्न राज्यले ध्यान दिनुपर्ने माग गरे । उनले त्यस्ता विक्रेतालाई प्रमाणसहित मुद्दा चलाइए पनि सामान्य धरौटीमा रिहा गरेको भन्दै गुनासो गरे ।

प्रतिलिपि ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ अनुसार कुनै पनि प्रकाशनको पुस्तकको चोरी छपाई तथा अनाधिकृत तरिकाले विक्री वितरण गर्न नपाइ ब्यवस्था गरेको छ ।

प्रतिक्रिया