मासुका लागि नेपालबाट गोरु निर्यात !

Goru-Bull-Nepalकपिलवस्तु, २९ चैत । कपिलवस्तु जिल्लाको चन्द्रौटामा प्रहरीले एक सय ४३ गोरु राखिएका छ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाले शनिबार राति छ ट्रक गोरु नियन्त्रणमा लिएको हो ।

बर्दियाबाट सर्लाही लैजान लागिएका गोरु बोकेका ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष रोकाले बताए ।

पछिल्लो समय बर्दियाबाट सर्लाही, मोरङलगायत पूर्वी नाका हुँदै गोरु भारततर्फ तस्करी हुने गरेको छ ।

गोरु व्यवसायीले कृषि प्रयोजनका लागि भनेर नेपाल भित्र्याए पनि भारतको पश्चिम बङ्गाल र बङ्गलादेशतर्फ मासुका लागि निर्यात हुने गरेको छ ।

प्रतिक्रिया