बागमती सफाइमा जुट्न कांग्रेसको आह्वान

congress

काठमाडौं, २७ चैत । कांग्रेसले बागमती सफाइ अभियानमा जुट्न आह्वान गरेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार विज्ञप्तिमार्फत सफाइ अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्ताका साथै आमसमुदायलाई आग्रह गरेका हुन् । अभियानको १०० औं सातामा शनिबार बिहान ६ः३० बजे गोकर्णदेखि सुन्दरीघाट चोभारसम्म मानव साङ्लो एवं नदी सफाइ कार्यक्रम तय भएको छ । यस अयिभानमा सहभागी बनी बागमती नदीलाई सफा, स्वच्छ र सुन्दर बनाउन सक्रिय सहभागिता जनाइदिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया