गाई फार्ममा आगलागी हुँदा २७ लाखको क्षति

ललितपुर, २७ चैत । कार्यविनायक नगरपालिका वडा नम्बर २ फूलबारी मार्गस्थित गाई फार्ममा आगलागी हुँदा २७ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

आगोले ३ वटा गाई जलेर मरेका छन् । १२ वटा गाई र भैँसी जलेर घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता किसनसिंह थापाले जानकारी दिए । आगो निभाउन जाँदा फार्म सञ्चालक नरिराम घर्ती सामान्य घाइते भएका छन् । आगलागीमा परी घर्तीको सुन, भाँडाकँुडा, लत्ताकपडा, अन्नपात, फर्निचरका सामान र गाईभैंसी गरी  २७ लाखको क्षति भएको हो ।

शुक्रबार बिहान लागेकोे आगो करिब १ घन्टापछि पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।  आगो के कारणले लागेको हो भन्ने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया