चैत ३० सम्म सहमति नभए प्रक्रियामा : पोखरेल

ISHWAR-POKHREL

विराटनगर, २७ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले चैत ३० गतेसम्म संविधानको विवादित विषयमा सहमति नभए प्रक्रियामा जाने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा नेता पोखरेलले सहमति भएका विषयमा सहमति र सहमति नभएका विषयलाई थाँती राखेर अगाडि बढ्ने धारणा प्रकट गरे । उनले संविधान निर्माणको विषयमा गम्भीर भएर संविधानसभाका सम्पूर्ण दल लाग्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया