लोकसेवाले विद्यतीय माध्यमबाट दरखास्त बुझ्न थाल्यो

loksewaकाठमाडौं, २६ चैत । लोक सेवा आयोगले आफूले सम्पादन गर्ने कार्यलाई प्रविधिमैत्री बनाउँदै र सङ्गठनात्मक सबलता वृद्धि गर्दै लैजाने उद्देश्यले विद्युतीय माध्यमबाट दरखास्त बुझ्ने कार्य सुरु गरेको छ ।

आइसिटी डेभलपमेन्ट प्रोजेक्टअन्तर्गत पब्लिक सर्भिस रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (पिएसआरएमएस) तयार भई कार्यान्वयनको चरणमा रहेको आयोगले जनाएको छ ।

आयोगद्वारा चैत २५ मा प्रकाशित नेपाल विविध सेवा, राजपत्र अनङ्कित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूहअन्तर्गतका विभिन्न उपसमूहका विभिन्न पद र इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्र, राजपत्र अनङ्कित द्वितीय अनमि पदको दरखास्त फारम परीक्षणको रूपमा यसै पटकदेखि विद्युतीय माध्यमबाट स्वीकार गर्ने व्यवस्था मिलाइएको जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया