उपभोक्ता प्राविधिक कारणले ठगिएका हुन् : प्रहरी

Nepal Police

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बजार अनुगमनका क्रममा चैत ३ गते प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्मबाट कम परिमाणमा उपभोक्तालाई डिजेल र पेट्रोल बिक्री वितरण गरेको पाइएपछि तीन वटा नोजलहरूमा शिल गरिएको थियो ।

उपभोक्ता ठगी गरेको आरोप लागेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा पाँच सदस्सीय छानविन समिति गठन गरेका थिए । सोही समितिले आइतबार बुझाएको प्रतिवेदनअनुसार प्रहरीले डिजेल र पेट्रोल बिक्री वितरणमा ठगी नगरेको दावी गरेको हो ।

प्रतिक्रिया