नक्कली मह बनाउने सामाग्री बरादम

खोटाङ, २२ चैत । तराईबाट अवैध रुपमा खोटाङ जिल्ला भित्र्याइँदै गरेको खुदो प्रहरीले बरामद गरेको छ ।

मह बनाएर बिक्री गर्न सदरमुकाम दिक्तेलतर्फ ल्याइँदै गरेको ३३ ड्रम खुदो प्रहरीचौकी नुनथलाले बरामद गरेको हो ।

जिल्ला भित्रने बसमा लुकाएर ल्याएको खुदो जाँच गर्ने क्रममा फेला परेपछि बरामद गरिएको प्रहरी सहायक निरीक्षक भीमराज थेवेले बताए ।
खुदो ल्याएर आउने महिलाहरू भने फरार भएको प्रहरीले बताएको छ ।

बरामद गरिएको खुदो केही दिनपछि नष्ट गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए ।

प्रतिक्रिया