देउखुरीमा सवारी साधनको ठक्करले चौधरीको मृत्यु

Deukhuriदेउखुरी, १९ चैत । दाङको देउखुरीमा सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।

नम्वर नखुलेको सवारीले ठक्कर दिँदा लमही नगरपालिका वडा नम्बर ७ गुज्रेहवा निवासी ६१ वर्षीय श्रीकान्त चौधरीको मृत्युभएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिए ।

बिहीबार राति पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको नारायणपुर चोकमा बाटो काट्दै गर्दा चौधरीलाई सवारी साधनले ठक्कर दिएको थियो ।

ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन् । ठक्कर दिँदा चौधरीकी श्रीमतीसँगै भए पनि कुन सवारी साधनले ठक्कर दियो भन्नेबारेमा थाहा नभएको प्रहरी भनाइ छ ।

ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि तत्काल बुटवल लगिएको थियो ।

प्रतिक्रिया