स्वाइन फ्लुका कारण गर्भवती महिलाको मृत्यु

Swin Fluकाठमाडौं, १८ चैत । पेटमा बच्चाको मृत्यु भई गम्भीर अवस्थामा ललितपुरको अल्का अस्पतालमा उपचारका लागि भर्ना भएकी निभा कर्णको स्वाइन फ्लुसमेतका कारण निधन भएको छ ।

अस्पताल स्रोतका अनुसार गत आइतबार गम्भीर अवस्थामा भर्ना भएकी पर्सा वीरगन्ज निवासी ३२ वर्षीया कर्णको पेटबाट मृत बच्चा निकालिएको थियो ।

अरू विभिन्न रोगबाट समेत पीडित भई कमजोर अवस्थामा रहेकी कर्णको रगत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य केन्द्रीय प्रयोगशालामा पठाएकामा त्यहाँबाट आएको प्रतिवेदनमा स्वाइन फ्लु रहेको प्रमाणित भएको थियो ।

कर्णलाई भर्ना गरिएलगत्तै भेन्टिलेटरमा राखेर उपचार गरिएकामा मंगलबार दिउँसो निधन भएको अस्पतालका सञ्चार संयोजक दिनेश पाण्डेले बताए ।

भर्ना गरेलगत्तै अस्पतालले उनलाई छुट्टै कक्ष (आइसोलेसन वार्ड) खडा गरी उपचारको व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया