विदेशबाट घर आएका सुवेदीको हत्या कसले गर्‍यो ?

Maikholaइलाम, १८ चैत । इलाम नगरपालिका–७ का ४० वर्षीय गङ्गाप्रसाद सुवेदी माईखोलामा मृत अवस्थामा भेटिएका छन् ।

घरबाट धूपबत्ती बाल्न खोला जान्छु भनेर मंगलबार बिहान हिँडेका सुवेदी अवेरसम्म घर नफर्किपछि परिवारजनले खोजी गर्नेक्रममा खोलामा मृत भेट्टाएका हुन् ।

वैदेशिक रोजगारीबाट एक साताअघि मात्र घर फर्किएका सुवेदीको शव खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो ।

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले बताए ।

प्रतिक्रिया