होटलहरुले सादा खानाको मूल्य १३० र मासु खानाको मूल्य २५० लिने गरेका छन् । ४५ पर्ने जुसको मूल्य १५०, १५ पर्ने एक पोका चाउचाउको ३० र एक चिरा काँक्रोको मूल्य ५० सम्म असुलेका छन् । प्रशासन र अनुगमनका निकाय भूकम्पपीडिततिर लागेका बेला होटलवालाले मौका छोपेर अत्यधिक मूल्य वृद्धि गराएको काठमाडौंबाट बुटवल जाँदै गरेका यात्रु गोल्डेनडेबिट सेनले गुनासो गरे ।
…………………………..
पृथ्वी राजमार्गअन्तर्गत भूमेस्थान गाविसको चालिसेमा रहेको होटल हिराचनमा भेटिएका सेनले एक चिरा काँक्रोलाई ५० तिर्नुपरेको र एक पोका चाउचाउको ३० तिरेको बताए । ‘खाइहालियो, पछि पैसा सोध्दा धेरै भन्यो, दोहोरो कुरा गर्नै पाइँदैन, भोक लाग्छ, नखाई हिँड्न पनि सकिँदैन’, उनले भने ।
प्रतिक्रिया