काठमाडौं, १७ वैशाख । खेलकर्मीको सक्रियता गत शनिबार गएको भूकम्पका कारण देशभरी नै क्षति भएको छ । दरशथ रंगशालाका पर्खाल र गेटका साथै सेमि कभर्डहल, लन टेनिस कोर्ट, र स्विमिङ पुललगायत स्थानमा क्षति पुगेको छ ।
देशभरी भूकम्पको विपत्तिमा राष्ट्रिय खेलकुद परिषद्को ध्यान पनि स्वभाविक रूपले मानविय क्षतितर्प नै केन्द्रित भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का अधिकारी र कर्मचारीको बुधबार बसेको संयुक्त बैठकले मुख्य सचिवले जारी गरेको मापदण्ड अनुसार आफ्नो तलबको रकम प्रधानमन्त्री राहत कोशमा उपलब्ध गराउने भएको छ । साथै, प्रशिक्षक केशवलाल श्रेष्ठको परिवारका लागि थप सहयोग रकम उपलब्ध गराइने भएको छ ।
यसैगरी खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मासँग समन्वय गरी मदनजंग राणाको संयोजकत्वमा विपद् व्यवस्थापन समन्वय समिति गठन गरिएको छ ।
समितिमा तिलक राउत, विजेन्द्र हमाल, डा. प्रकाश प्रधान, वासुदेव आचार्य, सुरेशकुमार ढुंगाना, इन्द्रबहादुर कार्की, तिलोत्तमा बस्याल, किशोर शाही, बाबुकाजी श्रेष्ठ, कुमार बस्नेत, कमल लामा र महेश कार्की छन् ।
बिहीबार ११ बजे सम्पूर्ण कर्मचारी तथा प्रशिक्षक भेला भई सरसफाइमा जुट्ने निर्णय भएको छ । थप सहयोगका लागि बिहीबार नै निर्णय गर्ने पनि जनाइएको छ । बैठकले दिवंगत भलिबल प्रशिक्षक केशवलाल श्रेष्ठप्रति समवेदना ब्यक्त गरेको छ ।
परिषद् उपाध्यक्ष लामा टेन्डी शेर्पा लगातार तीनदेखि सहयोगमा सक्रिय छन् । पूर्व भलिबल खेलाडी श्रीभक्त गुरुङका पहलमा जापानमा १८७४ एडी लाइभ कन्सर्ट हँदैछ ।
पूर्व निर्धारित कार्यक्रम भए पनि नेपालमा आएको भूकम्पपछि यसको उद्देश्यमा एकाएक परिवर्तन आएको छ ।
कन्सर्टबाट उठेको रकम खर्च कटाएर सम्पूर्ण भूकम्पपीडितलाई हस्तान्तरण गरिने भएको छ । पुलिस क्लबका आबद्ध खेलाडीलाई सहयोगका लागि खटाइसकिएको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिले पाँच सय किलो चिउरा र दालमोठ किनी राहतका लागि पठाएको छ । साथै केही पाल पनि पठाउने निर्णय भएको छ ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले विज्ञप्ती जारी गर्दै सम्पूर्ण खेलकर्मीलाई सहयोगमा जुट्न आह्वान गरिसकेका थिए । विदेशमा बस्ने प्रायः खेलकर्मीले तत्काल सहयोग गर्ने जनाए पनि कति रकम सहयोग गर्ने भन्ने अभै खुलेको छैन । अमेरिका, जापान, अस्ट्रेलिया र क्यानाडामा बस्ने नेपालीलले यसखाले सहयोगको घोषणा गरिसकेका छन् ।
नाडामा आइटिएफका गिरिप्रसाद बुढाथोकीको पहलमा नेपालीलाई सहयोग जुटाइँदै छ भने अमेरिकामा रहेका युयुएनटिएफका लब गोर्खालीले सहयोगका लागि अपिल गरेका छन् ।
नेपाल तेक्वान्दो संघले तत्कालै बैठक बसी सहयोग रकम प्रदान गर्ने भएको छ । ‘सबै ठाउँमा रहेका तेक्वान्दो खेलाडीहरू सहयोगका लागि इच्छुक हुनुहुन्छ । संघ र अन्य साथीहरूको तर्पबाट हामी बिहीबार रकमको घोषणा गर्नेछौँ ।’ अध्यक्ष राणाले तेक्वान्दोमा आबद्ध प्रशिक्षक र खेलाडी आफ्नै विवेकले सहयोग कार्यमा जुटिरहेको बताए ।
यसलाई थप व्यवस्थित गर्ने पनि उनले बताए । त्यसो त कराते खेलाडी कुशल श्रेष्ठ, परशुराम बास्तोला र सुनिल लामालगायतको समूहले तीन दिनसम्म दशरथ रंगशालामा खाना खुवाउने काम गरेको थियो ।
उनीहरूले स्थानीयबासीसँग मिलेर सहयोग गरेका थिए । नेपाल खेलकुद महासंघले गोंगबु क्षेत्रमा सहयोग गर्ने र पानी वितरण गर्ने काम ग-यो । तेक्वान्दोका लोकेन्द्र आचार्यले गोंगबु क्षेत्रमा रहेर राहत वितरण र उद्धार कार्यमा सहयोग गरिरहेको बताए ।
यसैगरी, रोमी गिरीले सिन्धुलीमा राहत पठाउन ब्यस्त रहिन् । तेक्वान्दो संघका सदस्य कसिम मियाले गोरखामा खाद्यान्न पठाउने भएका छन् ।
खेलकर्मीको आक्रोश
श्री भक्त गुरुङ नै नेपालको राजनीतिक नेतृत्वको उदासिनता देखेर आश्चर्यमा पर्दै फेसबुकमार्पmत आक्रोश व्यक्त गरे । सिंगो संसार नेपालको दैवी विपत्तिका कारण अत्तालिएको समयमा नेपालको राजनीतिक नेतृत्वको भूमिका प्रभावकारी नभएको कारण उनले आक्रोश व्यक्त गरेका छन् । उनले १९ जना नेताको सामूहिक फोटो राखेर आक्रोश व्यक्त गरेका छन् ।
शीर्ष नेता पुष्पकमल दाहाल, सुशील कोइराला, खड्ग ओली, उपेन्द्र यादव, विजय गच्छादार र गगन थापासम्म देखि दिवंगत सूर्यबहादुर थापासम्मको फोटो राखेर नेपालका नेताहरूको शोकाकुल घडीमा समेत कुनै भुमिका नभएको प्रतिक्रिया दिएका छन् ।
तेक्वान्दो प्रशिक्षक अर्जुनभक्त राइले नै फेसबुक स्ट्याटसमा ९० सालका राणा शासक अहिलेका शासकभन्दा जनपक्षिय भएको भएको अभिव्यक्ति दिएका छन् । थुपै्र खेल व्यक्तित्वले कालो बजारी गर्नेलाइ पनि कारबाहीको माग गरेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले पनि विज्ञप्ति जारी गरी आफू मातहतका सबैलाई सहयोगमा जुट्न आह्वान
गरेको छ ।
प्रतिक्रिया