ठाडो भर्‍याङ्बाट पचपन्न जनाको जीवितै उद्धार

Nepal-police-ktm-काठमाडौं, १६ वैशाख । काठमाडौं महानगरपालिका–१५ स्थित ठाडो भर्‍याङ क्षेत्रबाट हालसम्म ५५ जनाको जीवितै उद्धार र ४८ जनाको शव निकालिएको छ ।

जीवनमार्ग बहुउद्देशीय सहकारी, म्याक्डोनाल्ड रेस्टुराँ, एक चर्च र अन्य दुई घरबाट गरी उक्त सङ्ख्यामा उद्धार गरिएको हो ।

ती भवनमा अझै १० जना हराइरहेको हुनसक्ने आशङ्का गरिएको छ ।

उक्त क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, टर्कीस टोली र भारतीय टोली पनि उद्धारमा खटिएको छ ।

यस क्षेत्रमा लगातार खटिएका मिलन टोल सुधार समितिका अध्यक्ष भीमसेन पोखरेलले शनिबारदेखि आजसम्म लगातार उद्धार कार्यलाई जारी राखिएको बताए ।

उनले ठूला भवन एकै स्थानमा रहेको र ठूलो सङ्ख्यामा मानिस भेला हुने सहकारी, चर्च र रेष्टुराँ एउटै लाइनमा रहेकाले पनि हताहत हुनेको सङ्ख्या बढी भएको बताए ।

प्रतिक्रिया