काठमाडौं, १२ वैशाख । नेपाल स्पोट्र्स फाउन्डेसनको पहलमा भारतीय क्रिकेट प्रशिक्षक एवं भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) गोवाका प्रशिक्षण विभागका डाइरेक्टरसमेत रहेका प्रभाकर बैरगोन्डले नेपालका विभिन्न क्रिकेट एकेडमीका खेलाडीलाई प्रशिक्षण दिने भएका छन् ।
नेपालमा विभिन्न स्थानमा संचालनमा रहेका क्रिकेट एकेडेमीमा युवा खेलाडीलाई क्रिकेट अस्ट्रेलियाबाट हाई पर्पmरमेन्स कोर्स गरेका उनले नेपालका कुल ७ ऐकेडमीमा १७ दिनसम्म निःशुल्क प्रशिक्षण दिने नेपाल स्पोट्र्स फाउन्डेसनका अध्यक्ष सूर्य थापलियाले बताए । प्रभाकरले प्रत्येक एकेडमीमा दुई दिनसम्म प्रशिक्षण दिनेछन् ।
नेपाल स्पोट्र्स फाउन्डेसनको पहल र आयोजनामा झापा जिल्लाबाट क्रिकेट कोचिङ क्याम्प (थ्रिसी) नामक प्रशिक्षण आइतबारदेखि सुरु हुनेछ । त्यस्तै, विराटनगर, वीरगञ्ज, धनगढी, महेन्ıनगर र काठमाडौंमा क्याम्प आयोजना हुने प्रशिक्षणमा नेपालका ९०० देखि १२०० खेलाडीले प्रशिक्षण लिने अनुमान गरिएको छ ।
नेपालमा पहिलोपटक क्रिकेट एकेडेमीमा हुन लागेको उच्चस्तरको कोचिङ हाई पर्पmरमेन्स कोच प्रभाकर बैरगोन्डले प्रशिक्षणले क्रिकेट विकासमा थप मद्दत पुग्ने स्पोट्र्स फाउन्डेसनका अध्यक्ष सूर्य थपलियाले बताए ।
भारतीय क्रिकेट बोर्ड बिसिसिआईमा आबद्ध गोवा क्रिकेट संघमा कार्यरत प्रभाकरले नेपालका विभिन्न क्षेत्र भ्रमण गर्ने क्रममा नेपालका प्रशिक्षक, खेलाडीसँग आफ्नो अनुभव र योग्यता बाँडनेछन् । प्रभाकर बैरगोन्डले सन् २०११ मा नेपाल राष्ट्रिय क्रिकेट टिमका कोच पुबुदु दासानायकेसँगै हाइ पर्पmरमेन्स कोर्स गरेका हुन् ।
उनले केही समयअघि गोवा क्रिकेटले आयोजना गर्ने गोवा प्रिमियर लिगमा नेपाली क्रिकेटर शरद भेषावकरलाई आबद्ध गराएका थिए । भविश्यमा नेपाली क्रिकेटलाई भारतीय क्रिकेट संस्थापनबाट अझ बढी सहयोग उपलब्ध गराउन आफूले प्रयास गर्ने बताए ।
नेपाली खेलाडी प्रतिभाशाली छन्, उनले भने । नेपाली क्रिकेटलाई नजिकबाट हेरेको र यो टिमलाई माथिल्लो स्तरमा टिकिरहन अझ बढी फिटनेसको आवश्यकता रहेको उनी बताउँछन् । कोचिङ क्याम्पले नेपाली युवा खेलाडीलाई सहयोग पु¥याउन पाउँदा खुसी लागेको बताए उनले । भविश्यमा अझ थप योजना र संरचनात्मक कार्यक्रम गर्न सकिनेमा पनि उनी आशावादी छन् । यस कार्यक्रमलाई मनोज कटुवालको लर्ड बुद्ध एकेडेमी, काठमाडौं स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमी र माई नेपाल टुर्सले सहयोग गरेका छन् । गायक प्रमोद खरेलको प्रमोद खरेल फाउन्डेसनको सहयोग रहेको छ । गायक खरेल हाल अमेरिकामा २ महिने लामो सांगीतिक कार्यक्रममा छन् र नेपाली क्रिकेटका लागि सहयोग जुटाउन प्रतिबद्ध छन् ।
उनले नेपालका विभिन्न क्रिकेट एकेडमीका युवा क्रिकेटरलाई प्रशिक्षण दिनेछन् । नेपाल स्पोट्र्स फाउन्डेसनको सहयोगमा प्रभाकरले नेपालका करिब १२ सय खेलाडीलाई प्रशिक्षण गर्नेछन् । उनले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शरद भेस्वाकरलाई गोहा प्रमियर लिगमा खेल्नका लागि पहल गरेका थिए । प्रभाकरले नेपालका क्रिकेट एकेडमीहरू काठमाडौं, वीरगञ्ज, महन्द्रनगर, धनगढी र विराटनगरलगायत मुख्य ठाउँबाट नेपालका खेलाडीलाई प्रशिक्षण दिनेछन् ।
प्रतिक्रिया