इलाम, ११ वैशाख । सिक्किम केएफसी मंगलबारेमा जारी ‘लन्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकप’ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनलमा माईभ्याली फुटबल क्लब इलामविरुद्ध टाइब्रेकरमा ४–३ गोलको जित दर्ता गर्दै सिक्किम फाइनलमा पुगेको हो ।
जितका लागि सिक्किमा गोलरक्षक एसके सुब्बा नायक बने । म्यान अफ दि म्याच घोषित सुब्बाले टाइब्रेकरमा इलामको २ वटा सशक्त प्रहार बचाएर टिमलाई जित दिलाई उपाधिनजिक पु¥याए । सुब्बाले इलामका सुवास राई र छिरिङ गुरुङको प्रहारलाई सानदार बचाउ गरेको थिए । ५÷५ प्रहारमा इलामका प्रताप विष्ट, विवेक बस्नेत राजु थापा गोल गर्न सफल बने ।
इलामका गोलरक्षक सबै गोल बचाउ गर्नबाट चुके । राजन राउत, लक्ष्मण सुब्बा, अभिषेक राई र राजकुमार सुब्बाको प्रहार गोलमा परिणत भयो । राम सुब्बाको प्रहार भने क्रसबार माथिबाट बारिएको थियो ।
खेलको सुरुआतमा नै अग्रता लिएको इलामको रक्षापंक्ति अन्तिम १२ मिनेट सम्हालिन नसक्दा पराजय बेहारेको हो । खेल सुरु भएको सातौँ मिनेटमा घरेलु टोलीका सुवास राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । स्ट्राइकर छिरिङ गुरुङले मैदानको मध्य भागबाट दिएको लामो पासलाई सदुपयोग गर्दै राईले हेडमार्फत आकर्षक गोल गरेका थिए । त्यो अग्रता निर्धारित समयसम्म टिकाउन नसक्दा इलामको उपाधि चुम्ने सपना चकनाचुर बन्यो ।
प्रतिष्पर्धात्मक खेलमा ६८औं मिनेटमा सिक्किमका लक्ष्मण सुब्बाले गोल गरी खेललाई बराबरीमा ल्याए । कमजोर रक्षपंक्तिको फाइदा उठाउँदै सुब्बाले मैदानको दायाँ किनारबाट गरेरको प्रहार गोलमा परिणत भएको थियो । समयको उत्तरार्धमा गोल गरी हौसिएका सिक्किमले आक्रामक रह्यो । यता घरेलु दर्शकको बढी समर्थक पाएको इलामले पनि लगातार आक्रमण जारी राख्यो । दुवै टिमबाट गोल हुन सकेन । अतिरिक्त समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।
सिक्किमले उपाधिका लागि शनिबार फाइनलमा दाबेदार मानिएको बिर्तामोड फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्रिवेणी युथ क्लब र मंगलबारे उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगितामा पूर्वाञ्चलका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र सिक्किम भारतका गरी ८ टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ६१ हजार एक सय ११ रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया