काठमाडौं । नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको आयोजना तथा रोयल हिमचुली इन्टरनेसनलको मुख्य प्रायोजनमा चौथौ राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप नौ जेठमा हुने भएको छ ।
प्रतियोगितामा २१ खेलाडीको सहभागिता रहने मुल आयोजक कमिटीका संयोजक एवं आयोजकका अध्यक्ष घमबहादुर थापा मगरले जानकारी गराए । पाँच विकास क्षेत्र, नेपाल आर्मी र एपिएफ गरी सात टिमका खेलाडी सहभागी हुने बताइएको छ । पुरुषको ५७–६३ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पहिलो हुनेले ६ सय डलर, दोस्रोले चार सय र तेस्रोले दुई सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एक दिने प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख खर्च हुने जानकारी दिइयो । (सौस)
प्रतिक्रिया