काठमाडौं, ९ वैशाख । एफसी यु–१४ क्षेत्रीय महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्स्माथि १०–० को फराकिलो जित हात पार्यो । जितसँगै नेपालको सेमिफाइनलमा प्रवेशको सम्भावना प्रबल बन्योे ।
नेपालले पहिलो हाफमा ६ गोल तथा दोस्रो हाफमा चार गोल गरेको थियो । नेपाललाई फराकिलो जित दिलाउने क्रममा रेखा पौडेल र निर्मला उपाध्यायले ह्याट्रिक गरे । मनीषा राउतले दुई तथा मत्तजली कुमारी र सम्झना लावतीले एक–एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै सरु लिम्बूको कर्नर बलमा मञ्जली कुमारीले गोल गर्दै नेपाललाई पहिलो अग्रता पदलाइन् । तेस्रो मिनेटमा मनीषाले अर्काे गोल थपिन् । एकपछि अर्काे गोलको अवसर सिर्जना गरेको नेपालले सातौँ मिनेटमा अग्रता तेब्बर बनायो । रेखा पौडेलले एकल प्रयासमा गोल गरिन् । १२ औँ मिनेटमा रेखा पौडेलले अर्को गोल गरिन् । १५ औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन् ।
२६ औँ मिनेटमा मनीषा राउतले व्यक्तिगत दोस्रो गोल गर्दै गोल गरेपछि नेपाल पूवाद्र्धमा ६–० ले अघि थियो । को स्थितिमा पु¥यायो । गोलरक्षक र रक्षकको तालमेल नमिलेको अवस्थामा मनीषाले वान टचमा गोल गरिन् । दोस्रो हाफमा नेपालले थप चार गोल ग¥यो । खेलको ५४ औँ सम्झना लावतीले गोल गरिन् । यस्तै वैकल्पिक खेलाडी निर्मला उपाध्ययले पनि माल्दिभ्स्विरुद्ध खेलमा ह्याट्रिक पूरा गरिन् । उनले खेलको ५६, ६६ र ६८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
आर्मी क्लबको तालिम केन्द्र लगनखेलमा भएको समूह ‘ए’ को अर्काे खेलमा इरानले श्रीलंकालाई ११–१ को फराकिलो गोल अन्तरले पराजित गर्यो । इरानका लागि फातेमा घाँसेमीले ह्याट्रिकसहित चार गोल गरिन् । उनले खेलको दोस्रो, २५ औँ, ४९ औँ र ६१ औँ मिनेटमा गोल गरिन् । यस्तै, फातेमा आमिरी र गोलनोस कोसरभी र मारोल टोरकामालले समान दुई गोल गरिन् । झिनो पिकारीले एक गोल गरिन् । श्रीलंकाका वार्नकाला सूर्यले सान्त्वना एक गोल फकाइन् ।
दशरथ रंगशालामा मंगलबारै भएको अर्काे खेलमा बंगलादेश र भारतले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बंगलादेशका मार्जियाले खेलको २० औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाइन् । तर, २५ औँ मिनेटमा भारतीय टोलीका कप्तान सोनु कुमारीले बराबरी गोल फर्काए । कप्तान कुमारीले ३० यार्ड टाढामा पाएको फ्रिकिकलाई गोलमा परिणत गरिन् । त्यसपछि दुवै टोलीले गोल गर्ने केही मौका चुकाउँदा खेल एक–एक गोलको बराबरीमा सकियो । समूह ‘बी’ बाट अपराजित रहँदै भारत चार अंकसहित शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
बंगलादेशले भुटानविरुद्ध खेलमा बुधबार बराबरी खेले पनि अर्काे चरणमा पुग्न पर्याप्त हुनेछ । जितपछि नेपाली टोलीका प्रशिक्षक किशोर केसीले माल्दिभ्स्लाई पराजित गर्न मिहेनत गर्नु नपरेको बताए । उनले श्रीलंकाविरुद्ध खेल पनि सहज हुने भन्दै टोलीले श्रीलंकाविरुद्ध खेल आरमले खेल्ने बताए । यस्तै माल्दिभ्स्का प्रशिक्षक कावामोटा नाकोले जम्मा दुई हप्ताको प्रशिक्ष गरेका कारण टोलीले नेपालविरुद्ध नर्मु भएर खेल्न नसकेको बताइन् । लिगकम नकआउटका आधारमा भइरहेको खेलमा बुधबार समूह चरणका अन्तिम खेल हुँदै छन् । प्रतियोगिताबाट बाहिरिसकेको इरान र माल्दिभ्स् त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो एक बजेपछि खेल हुनेछ । आर्मीको शारीरिक केन्द्रमा भुटान र बंगलादेशबीच खेल हुनेछ । दिउँसको चार बजेपछि श्रीलंका र नेपाल आमने–सामने हुँदै छन् ।
लिगकम नकआउटका आधारमा खेलाइएको च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित इरान, माल्दिभ्स् र श्रीलंका छन् । समूह ‘बी’ मा भुटान, बंगलादेश र भारत रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । च्याम्पियनसिप नेपालमा पहिलोपटक आयोजना गरिएको हो ।
प्रतिक्रिया