भुवनको अग्रता कायमै

leader_1काठमाडौं, ९ वैशाख । गोकर्ण गल्फ क्लबमा भएको सूर्य नेपाल एनपिजिए गल्फ टुरको अन्तिम तथा फाइनल खेलअन्तर्गत दोस्रो दिनको खेलमा पनि भुवन नगरकोटीले अग्रता कायमै राखेका छन् । मंगलबारको खेल सकिँदा उनले नेपाल नम्बर १ प्रोफेसनल खेलाडी शिवराम श्रेष्ठमाथि ४ स्ट्रोकको अग्रता लिएका छन् ।

गोकर्णमा भएको पार ७२ को खेलमा भुवनले दोस्रो दिनको खेलमा ४ अन्डर ६८ स्कोरको गरे । उनले फ्रन्ट नाइनमा ५ अन्डर ३१ र ब्याक नाइनमा १ ओभर ३७ स्कोर बटुलेका थिए । उनले कुल १० अन्डर १३४ स्कोर कार्ड बनाए ।
त्यस्तै, दोस्रो स्थानमा रहेका नेपाल नम्बर १ प्रोफेसनल खेलाडी शिवराम श्रेष्ठले आजको खेलमा ५ अन्डर ६७ स्कोर गर्दै कुल ६ अन्डर १३८ स्कोर गरे ।
पार ७२ को आज भएको खेलमा ६७ स्कोर कार्ड बटुल्दै कुल ४ अन्डर १४० स्कोर गरेका सूर्य प्रसाद शर्मा तेस्रो स्थानमा उक्लिए । कुल २ अन्डर १४२ स्कोरका साथ चौथो स्थानमा रहेका विष्णु शर्माले दोस्रो दिनको खेलमा ५ अन्डर ६७ स्कोर गरे ।
त्यस्त,ै सन्जय लामा (७२),बलभद्र राई (७१) र रमेश अधिकारीले (७०) स्कोर गर्दै कुल १ अन्डर १४३ स्कोरका साथ सयुक्त रुपमा पाचौं स्थानमा छन । रामे मगर इभन पार १४४ स्कोरका साथ आठौँ, दीपक मगरले १४७ स्कोर गर्दै नवौँ र ४ ओभर १४८ स्कोरका साथ जयराम श्रेष्ठ, यलम्बर सिंह अधिकारी र दिनेश प्रजापति सयुक्त रूपमा १०औँ स्थानमा रहे ।
यसैगरी, मंगलबारको खेलमा कुल २४ खेलाडी फाइनल चरण्का लागि प्रवेश गरेका छन । जसमा ऐमेच्योर तर्फका दुई खेलाडी विकास बोगटी र टंकबहादुर कार्की फाइनल चरणमा प्रवेश गरे । बोगटीले कुल १ ओभर १४५ र कार्कीले कुल १५२ स्कोर कार्ड बनाए । एमेच्योरतर्फ विकास बोगटी प्रथम र टंक कार्की दोस्रो भए । कुल ७२ होलको खेल बुधबारसम्म चल्नेछ । प्रतियोगितामा ३६ होलदेखि प्रो कट लागू हुनेछ भने त्यसपश्चात उत्कृष्ट २१ खेलाडी फाइनल राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् । बाँकी ३६ होलमा एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
कुल ३३ प्रोफेसनल र ७ ऐमेच्योर गल्फरको सहभागीता रहने प्रतियोगीताको कुल बजेट ५ लाख १५ हजार रहेको छ ।
प्रतियोगीता विजेताले ९५ हजार, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४४ हजार पुरस्कार हात पार्नेछन् । उत्कृष्ट २१ खेलाडीमा परेर फाइनल राउन्ड खेल्ने प्रत्येक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन् ।

प्रतिक्रिया