काठमाडौं, ८ वैशाख । गोल्डेनगेट र ह्वाइटहाउसले दोस्रो बिएमके खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । गोल्डेनगेट पुरुष र ह्वाइटहाउस महिलमा पहिलो भए । विशाल मिलन केन्द्रको आयोजनामा चन्डोलमा भएको पुरुष स्पर्धाको फाइनलमा गोल्डेनगेटले नेपाल आर्मी क्लबलाई ९५–८५ ले पराजित ग¥यो । गोल्डेनगेटका राजीव जोशीले २० अंक जोडे । आर्मीका बिनोद महर्जनले सर्वाधिक ३२ अंक जोडे पनि टिमलाई जित दिलाउन सकेनन् ।
गोल्डेनगेटले सुरुका दुई क्वाटरमा अग्रता बनाउँदै जितको आधार खडा गरेको थियो । गोल्डेनगेटले पहिलोमा २६–११ र दोस्रोमा ३७–१७ को अग्रता लियो । गोल्डेनगेट तेस्रोमा १५–२७ र चौथोमा १७–३० ले पछि परेको थियो । महिलाको फाइनलमा ह्वाइटहाउसले प्राइमलाई ३६–२५ ले हरायो । ह्वाइटहाउसको जितमा अनुषा मल्लले ९ अंक योगदान गरिन् ।
तेस्रोमा ४–५ को झिनो अन्तरले पछि पर्नु बाहेक ह्वाइटहाउसले बाँकी तीनवटै क्वाटरमा अग्रता हासिल गर्दै उपाधि सुनिश्चित ग¥यो । ह्वाइटहाउसले पहिलोमा १०–८, तेस्रोमा ८–६ र चौथोमा १४–६ को अग्रता लिएकोे थियो ।
पुरुषमा गोल्डेनगेटका राजीव जोशी र महिलामा ह्वाइटहाउसकी अनुषा मल्ल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै समूहमा पहिलो हुनेले २० हजार र दोस्रोले १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । २८ चैतदेखि सुरु प्रतियोगिताको पुरुषमा आठ तथा महिलामा चार टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया