सिटिजन्स बैंक खुला टेनिस अर्को साता

1काठमाडौं, ७ वैशाख । अखिल नेपाल लनटेनिस संघ र दशरथ रंगशाला टेनिस परिसर व्यवस्थापन समितिको संयुक्त आयोजनामा चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता वैशाख १३ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष, महिला एकल र पुरुष डबल्स, भेट्रान्स ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथिको सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

पुरुष डबल्स विधा यो संस्करणदेखि थपिएको लनटेनिस संघका महासचिव एवं सिटिजन्स बैंकका निर्देशक मनोहरदास मुलले पत्रकार सम्मेलनमा जानकारी गराए ।

५५ वर्षमाथि र ६५ वर्षमाथि बाहेक अन्य सबै विधामा नगद पुरस्कार राखिएको छ । १ लाख ७५ हजार नगद र गिफ्ट ह्याम्पर २५ हजारसहित कुल पुरस्कार २ लाख रुपियाँ रहेको छ ।

सिटिजन्स बैंक मुख्य प्रायोजक रहेको प्रतियोगिताका खेलहरु त्रिपुरेश्वर र सातदोबाटोस्थित टेनिस कोर्टमा खेलाइनेछ । प्रतियोगिता बैशाख १९ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया