कोलकाता र दिल्ली विजयी

iplपुने, ६ वैशाख । आठौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले किङ्स एलाभेन पञ्जाबलाई चार विकेटले पराजित गरेको हो । गत सिजनको फाइनलमा पञ्जाबलाई ३ विकेटले पराजित गर्दै कोलकाता च्याम्पियन बनेको थियो । तीन खेल खेलेको कोलकाताले एक खेलमा हार बेहोरेको छ ।

पञ्जाबले दिएको १५६ रनको लक्ष्य कोलकाताले १७.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि आन्द्रे रुसेलले ३६ बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६६ रनको योगदान गरे । यस्तै युसुफ पठानले २८ रनको अविजित पारी खेले । सूर्यकुमार यादव २३ रनमा पभेलियन फर्किए । रविन उथप्पा १३, मनिष पाण्डे १२ रनमा तथा कप्तान गौतम गम्भीर ११ रनमा पभेलियन फर्किए पनि कोलकाताको पारी एन्ड्रे रुसेल र युसुफ पठानले छैटौँ विकेटका लागि ९५ रनको साझेदारी गर्दै पारी सम्हाले । पञ्जाबका सन्दीप शर्मा एक्लैले चार विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेन । मिचेल जोनसनले र थिसारा परेराले समान एक–एक विकेट लिए ।
यसअघि महाराष्ट्र क्रिकेट एसोसिएसन मैदान पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । निकै नै खराव सुरुआत गरेको पञ्जाबको पारी मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । २७ रन जोड्दा ३ विकेट गुमाएको पन्जाबका ग्लेन म्याक्सवेल र जर्ज बेलीले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरे । बेलीले ४५ बलमा ६० रन बनाए भने म्याक्सवेलले ३३ रनको योगदान दिए । पन्जाबका अन्य ब्याट्म्यानले १५ रनभन्दा माथि कटाउन सकेनन् । ओपनर मुरली विजय शून्य रनमै उमेश षदवको बलमा क्याचआउट भए ।
यस्तै रिद्विमान शाह १५ तथा वीरेन्द्र सेहवाग ११ रनमै आउट भए । कोलकाताका लागि उमेश यादवले ३ विकेट लिए भने मोर्ने मोर्केल र आन्द्रे रुसेलले समान दुई–दुई विकेट लिए ।
यस्तै शनिबार नै भएको अर्काे खेलमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शनिबार भएको अर्को खेलमा दिल्लीले सन राइजर्स हैदरावादलाई चार रनको झिनो रन अन्तरले पराजित गरेको हो । दिल्लीले दिएको १६८ रनको लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६३ रनमा समेटिदा चार रनको झिनो अन्तरले पराजित हुन पुग्यो । यसका लागि रवि बोपाराले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै डेभिड वार्नर २८, लोकेश राहुल २४ रनमा पभेलिन फर्किए । कर्न शर्माले १९ तथा शिखर धवनले १८ रन जोडे । यस्तै आशिष रेडी १५ रनमा आउट भए । दिल्लीका लागि जेपी डुमिनी एक्लैले चार विकेट लिए । यस्तै नाथन कल्टर, एन्जेलो म्याथ्यु र इमरान ताहिरले एक–एक विकेट बाँडे ।
यसअघि डक्टर एस राजासेकारारेडी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६७ रन जोड्यो । श्रेयज इयर र कप्तान जेपी डुमिनीले अर्धशतकीय पारी खेले । ४० बलको सामना गरेका इयरले तीन चौका र पाँच छक्काको मद्दतमा ६० रनको योगदान गरे । यस्तै डुमिनीले ५४ रनको पारी खेले । एन्जेलो म्याथ्यु र केदार जादव १९ र १५ रनमा अविजित रहे । हैदरावादका लागि डे स्टेन, प्रविन कुमार, भुवनेश्वर कुमार र आशिष रेडीले एक–एक विकेट लिए ।

प्रतिक्रिया