राष्ट्रिय टिम छनोट

RAJ_4454[1]काठमाडौं । नेपाल जुडो संघले राष्ट्रिय टिमका लागि समान ७–७ पुरुष र महिला गरी १४ खेलाडी आइतबार छनोट गरेको छ । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा एकदिने छनोट प्रतियोगिता आयोजना गरी आफ्नो स्पर्धामा पहिलोलाई जुडो संघले राष्ट्रिय टिममा समावेश हुने गरी १४ खेलाडी छानेको हो ।
पुरुषको ६० केजीमुनि नेपाल आर्मीका सुदीपकुमार बोहरा, ६६ केजीमुनि नुवाकोटका रामभक्त तामाङ र ७३ केजीमुनि आर्मीका जंगबहादुर सारुले सफलता पाए । ८१ केजीमुनि केन्द्रीय डोजोका सञ्जय महर्जन, ९० केजीमुनि नेपाल प्रहरीका श्रीराम मकाजु, १०० केजीमुनि आर्मीका शिवबहादुर बराम तथा १०० केजीमाथि केन्द्रीयका राजन जोशी छनोट भए ।
महिलाको ४८ केजीमुनि बाल वातावरण केन्द्र (सिडब्लुसिएन) की सीता सार्की, ५२ केजीमुनि प्रहरीकी सरिता चौधरी, ५७ केजीमुनि बन्दी सहायता नियोग (पाम) की मनीता प्रधान श्रेष्ठ र ६३ केजीमुनि एमएमएसिकी फुपुल्हामु खत्री क्षत्री पहिलो भए ।
७० केजीमुनि प्रहरीकी इन्दिरा राई, ७८ केजीमुनि आर्मीकी गंगा चौधरी तथा ७८ केजीमाथि कञ्चनपुरकी सुनीता बोहरा छानिए । छनोटमा विभिन्न १८ टिमका २५ महिला सहित ७३ खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । (सौस)

प्रतिक्रिया